सोमवार, भदौ २९, २०८३
Mountain Khabar

Advertisment

SKIP THIS

नव निर्वाचित कांग्रेस केन्द्रीय सदस्य आचार्य र बागमती प्रदेश सदस्य लम्साललाई रेडियो रसुवाद्वारा सम्मान


  • माउन्टेन खबर
  • बुधबार, पुस १४, २०७८
  • 633
    SHARES

रसुवा ,१४ पुस। नेपाली कांग्रेसको १४ औं महाधिवेशनमा रसुवाबाट निर्वाचित भएका २ जना सदस्यलाई रेडियो रसुवाले सम्मान गरेको छ । मंगलबार रेडियो रसुवामा एक कार्यक्रमको आयोजना गरी नेपाली कांग्रेसको केन्द्रीय सदस्यमा विजयी मोहन आचार्य र बागमती प्रदेश सदस्यमा विजयी उपेन्द्र लम्साललाई सम्मान गरिएको हो । रेडियो रसुवाका अध्यक्ष दिपक लामा र स्टेसन म्यानेजर अनु आचार्यले सम्मानपत्रका साथ खादा लगाएर सम्मान गरेका हुन् ।

 

कार्यक्रममा रेडियो रसुवाका अध्यक्ष दिपक लामाले रेडियोको अवस्था बारे जानकारी गराएका थिए । उनले जिल्लाबाट निर्वाचित भएका जनप्रतिनिधिलाई यसअघिका दिनमा पनि सम्मान गरिएको र यसलाई निरन्तरता दिइएको बताए । साथै अध्यक्ष लामाले प्रतिनिधि सभा सदस्य एवम नेपाली कांग्रेसको केन्द्रीय सदस्य आचार्यलाई सहयोग र सहकार्यका लागि आग्रह गरेका थिए ।

 

प्रतिनिधि सभा सदस्य एवम नेपाली कांग्रेसको केन्द्रीय सदस्य ई. मोहनआचार्यले जिल्लाको समग्र विकासमा आफ्नो सहयोग र सहकार्य जारी रहने बताए । उनले जिल्लाको पत्रकारितालाई अझै उचाइमा पुर्‍याउन आग्रह गर्दै यसका लागि  आफ्नो तर्फबाट सहयोग रहने बताए ।

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको
  • माउण्टेन खबर प्रा.लि.
    ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
    दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
    फोन नम्वर : ९८५१०४०१०१
    ईमेल: [email protected]

    हाम्रो टिम

    प्रधान सम्पादक : प्रदीप चापागाँई

    सल्लाहकार : राम लामा अविनाषि

    संञ्चालक : अनिता चापागाँई (आचार्य)