शनिबार, भदौ २७, २०८३
Mountain Khabar

Advertisment

SKIP THIS

नयाँ नक्साअनुसार निशान छाप परिर्वतन गर्न नेपालले शनिबार गरेको संविधान संशोधनमा आफ्नो गम्भिर असहमति रहेको भारतको प्रतिकृया


  • माउन्टेन खबर
  • शनिबार, जेष्ठ ३१, २०७७
  • 408
    SHARES

काठमाडौं । नयाँ नक्साअनुसार निशान छाप परिर्वतन गर्न नेपालले शनिबार गरेको संविधान संशोधनमा भारतले  आफ्नो गम्भिर असहमति रहेको प्रतिकृया दिएको छ ।

आफ्नो केही क्षेत्रलाई समावेश गरेको नयाँ नक्साका लागि नेपालले संविधान संशोधन गरेको भन्दै भारतले यो मान्य नहुने बताएको छ ।

भारतीय विदेश मन्त्रालयका प्रवक्ता अनुराग श्रीवास्तवले वक्तव्य जारी गर्दै लिम्पियाधुरा, महाकाली र लिपुलेक क्षेत्र आफ्नो भएको नेपालको दाबी ऐतिहासिक तथ्य र प्रमाणमा आधारित नभएको बताएका छन् ।

उनले अघि भनेका छन्, यसले सीमा विवादमा वार्तामार्फत समस्याको समाधान खोज्ने हाम्रो समझदारी पनि उल्लंघन भएको छ ।’

नेपालले लिम्पियाधुरा, कालापानी र लिपुलेकलाई समावेश गरेर नयाँ नक्सा जारी गरसँगै भारतले विरोध गर्दै आएको छ ।  शनिबार प्रतिनिधिसभाले नयाँ नक्साअनुसार निशान छाप परिर्वतन गर्ने संविधान संशोधन विधेयकलाई बहुमतले पारित गरेको थियो।

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको
  • माउण्टेन खबर प्रा.लि.
    ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
    दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
    फोन नम्वर : ९८५१०४०१०१
    ईमेल: [email protected]

    हाम्रो टिम

    प्रधान सम्पादक : प्रदीप चापागाँई

    सल्लाहकार : राम लामा अविनाषि

    संञ्चालक : अनिता चापागाँई (आचार्य)