रसुवा, २५ पुस । रसुवा र नुवाकोट जिल्लाको सिमाना बेत्रावती बजारमा माघ १ गते माघे संक्रान्तिको दिन गोरु जुधाइ कार्यक्रम हुने भएको छ।
अहिले प्रचारप्रसार , निमन्त्रणा बितरण, धजापत्ता राखी बजारलाइ सिँगार्ने ,गोरु दर्ता प्रक्रिया ,मैदान सम्याउने काम पूरा भएको गोसाइँकुण्ड युवा क्लबका अध्यक्ष दिपु डङोलले जानकारी दिए।
क्लब स्थापनाको २५ औं रजत बर्ष दिवसको अबसर पारी कार्यक्रमको आयोजना गरिएको उहाँले बताए।
दर्शकहरुको थप मनोरञ्जनकालागि अहिलेका चर्चित हाँस्य कलाकार हिमेश पन्त,गायक खुमन अधिकारी, गायिका राधिका हमाल,को साथमा Divine soul BAND (डिभाईन सोल ब्याण्ड) को पनि बेजोड सांगितिक कार्यक्रम समेत रहेको क्लबका सचिब ईश्वर थापाले बताए।
अहिलेसम्म १० हल गोरु दर्ता भैसकेको गोरु छनौट उपसमितिका सोमलाल लवटले जानकारी दिए।
कार्यक्रम नेपाली कांग्रेसका केन्द्रिय सदस्य एवं प्रतिनिधि सभा सदस्य ई. मोहन आचार्यको प्रमुख आतिथ्यमा सम्पन्न हुने अध्यक्ष डङ्गोलले बताए।
गोरु जुधाई कार्यक्रममा बिजेता गोरुधनी कृषकलाई १० हजार रुपैयाँ र उपबिजेता गोरुधनी कृषकलाई ८ हजार रुपैयाँ पुरस्कार स्वरुप बितरण गर्ने कोषाध्यक्ष बिबस डङ्गोलले बताए।
माघे संक्रान्तिका दिन स्थानीय नेवार समुदायले बिशेष झाँकी , लाखेनाच,पन्चेबाजा ,बाला भजन खैचडी नाच,सोरठी नाच समेतको प्रस्तुति तथा प्रदर्शन समेत हुने मेला ब्यवस्थापन उप(समितिका संयोजक सुरज लवटले बताए।
बेत्रावतीको जुडिफाँट,साम्राटफाँट,ढाडेबगरफाँट,दहफाँट,सिम्लेफाँटहरुमा घ्यु चाकुको भोज खाई दिँउसो गोरु चराउन खेतका फाटँहरुमा आ(आफ्नो गोरु जुधाएर मनोरञ्जन लिने गर्दथे।त्यसैको सम्झनामा नेपाल र तिब्बत बिच युद्ध हुँदा एतिहासिक बेत्रावति सन्धिलाई जिवन्त राख्न स्थानीय गोरु जुधाउने परम्पराको शुरूवात गरि प्रत्येक बर्ष माघे संक्रान्तिको दिन मेला स्वरुप मनाउदै आएको संयोजक लवटले बताए।
कृषि,पशु तथा पर्यटन क्षेत्रको विकास र आन्तरिक ब्यवसायलाई समेत आर्थिकपार्जनमा टेवा पुर्याउने मुल उदेश्यका साथ हरेक बर्ष माघे संक्रान्तिका दिन गोरु जुधाउने महोत्सव मनाउदै आएको उहाँले बताए।
मुलकको विभिन्न क्षेत्रबाट हजारौंको संख्यामा मेला भर्न आउने संयोजक लवटले जानकारी दिए।
