बुधबार, भदौ २४, २०८३
Mountain Khabar

Advertisment

SKIP THIS

कोरोनाबाट सार्क सदस्य राष्ट्रहरुमा ६८ जनाको मृत्युः पाकिस्तानी प्रधानमन्त्री पनि संक्रमित


  • माउन्टेन खबर
  • मङ्लबार, चैत्र १८, २०७६
  • 1.5K
    SHARES

विश्वव्यापी स्वास्थ्य महामारी बनिरहेको नोभल कोरोना भाइरस कोभिड-१९ को सङ्क्रमणबाट दक्षिण एशियाली क्षेत्रीय सहयोग संगठन सार्क सदस्य राष्ट्रहरुमा ६८ जनाको मृत्यु भएको छ ।

सार्क सदस्य मुलुकहरुमध्ये भारतमा सबैभन्दा धेरै ३८ जनाको मृत्यु भएको छ भने सङ्क्रमितको संख्या भने पाकिस्तानमा धेरै छ । प्रधानमन्त्री इमरान खानलाई समेत सङ्क्रमण भएको पाकिस्तानमा १ हजार ६२५ जनामा सङ्क्रमण पुष्टी भएको छ ।

त्यहाँ सङ्क्रमण भएर २० जनाको मृत्यु भएको विश्व स्वास्थ्य संगठनले जनाएको छ ।

भारतमा भने कुल सङ्क्रमितको संख्या एक हजार तीन शय बढी छ ।

मात्रै ४९ जना सङ्क्रमित फेला परेको बंगलादेशमा भने ५ जनाको मृत्यु भइसकेको छ ।

यसैगरी अफगानिस्तानमा ११४ जनामा सङ्क्रमण पुष्टी भएकोमा ४ जनाको मृत्यु भइसकेको छ ।

कोरोनाको सङ्क्रमणबाट श्रीलंकामा हिजो पहिलो एक जनाको मृत्यु भएको छ ।

त्यहाँ सङ्क्रमितको सङ्ख्या १२० पुगेको छ ।

सङ्क्रमण सार्क सदस्य राष्ट्रहरु नेपाल, भुटान र माल्दिभ्समा भने हालसम्म कुनै मानवीय क्षति भएको छैन् ।

माल्दिभ्समा १७ जनामा सङ्क्रमण भेटिएको छ ।

सार्क राष्ट्रहरु मध्ये सबैभन्दा थोरै भुटानमा चार जनामा मात्रै सङ्क्रमण देखिएको पुष्टी भएको छ । त्यहाँ सोमवार मात्रै एकजना कोरवनाको नयाँ विरामी भेटिएको छ ।

नेपालमा भने पाँच जनामा सङक्रमण भएकोमा एक जना निको भएर घर फर्किएको र चार जनाको आइसोलेशनमा राखेर उपचार भइरहेको छ ।

सङक्रमण फैलन नदिन सबै सार्क सदस्य राष्ट्रहरुले आ-आफ्नो देशमा लकडाउनको घोषणा गरेका छन् ।

क्षेत्रीय स्तरमा सङ्क्रमण फैलन नदिन र त्यसको व्यवस्थापनका लागि सार्कले आपतकालिन राहत कोष पनि बनाएको छ ।-

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको

माउण्टेन खबर प्रा.लि.
ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
फोन नम्वर : ९८५१०४०१०१
ईमेल: [email protected]

हाम्रो टिम

प्रधान सम्पादक : प्रदीप चापागाँई

सल्लाहकार : राम लामा अविनाषि

संञ्चालक : अनिता चापागाँई (आचार्य)