बिहिबार, साउन १४, २०८३
Mountain Khabar

Advertisment

SKIP THIS

कर्णाली प्रदेशमा स्टार्टअपका लागि स्थानीय निकायहरुसँग अवधारणा पत्र माग


  • माउन्टेन खबर
  • शुक्रबार, माघ २१, २०७८
  • 550
    SHARES

काठमाडौं ,२१ माघ। कर्णाली प्रदेशले स्टार्टअपका लागि परियोजना संचालन गर्न स्थानीय निकायहरुसँग अवधारणा पत्र माग गरेको छ । प्रदेशले नवप्रवर्तन साझेदारी कोषमार्फत परियोजना संचालन गर्नका लागि अवधारण पत्र पेस गर्न आग्रह गरेकोछ ।

प्रदेश तथा स्थानीय शासनसहयोग कार्यक्रम अन्तरगतको नवप्रवर्तन साझेदारीकोषबाट नवीन सोच, अवधारणा तथा प्रविधिको माध्यमबाट भिन्न तरिकाले सार्वजनिक सुशासन, स्थानीय आर्थिक विकास र सार्वजनिक सेवा प्रवाहलाई छिटो तरितो, दक्ष र प्रभाविकारी बनाउनका लागि सहयोग पुग्नेगरी काम गर्नुपर्नेछ।

जसअनुसार नयाँ प्रविधि ज्ञान, विधि, तौरतरिका, सीप तथा अवधारणा सम्बन्धी नवप्रवर्तनीय परियोजनाहरु संचालन गर्न इच्छुक कर्णाली प्रदेशभित्रका सबै स्थानीय तहहरुलाई सो निर्देशिकाअनुसार फागुन ११ ६ गतेसम्ममा अवधारणा पत्र पेश गर्न भनिएको छ। अवधारणा पत्र प्रदेश कार्यक्रम कार्यान्वयन एकाइमा बुझाउनुपर्नेछ।

कर्णाली प्रदेशले बजेटमार्फत नै स्टार्टअपलाई सहयोग गर्नेगरी कार्यक्रमहरु समेत राखेको छ।

प्रतिक्रिया
सम्बन्धित समाचार
धेरै पढिएको

माउण्टेन खबर प्रा.लि.
ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
फोन नम्वर : ९८५१०४०१०१
ईमेल: [email protected]

हाम्रो टिम

प्रधान सम्पादक: प्रदीप चापागाँई

सल्लाहकार : राम लामा अविनाषि

संञ्चालक : अनिता चापागाँई (आचार्य)