शुक्रबार, साउन १५, २०८३
Mountain Khabar

Advertisment

SKIP THIS

प्रदेश १ मा सर्वदलीय बैठक बस्दै


  • माउन्टेन खबर
  • मङ्लबार, फाल्गुन १०, २०७८
  • 525
    SHARES

१० फागुन, काठमाडौं । काठमाडौं । प्रदेश–१ सरकार प्रदेशको नाममा सहमति जुटाउन आज मंगलबार मध्याह्न १२ बजेपछि बस्ने गरी सर्वदलीय बैठक बोलाइएको छ ।

बैठकमा प्रदेश सभामा प्रतिनिधित्व गर्ने सबै राजनीतिक दलका संसदीय दलका नेता तथा सरकारका सबै मन्त्रीलाई बोलाइएको हाे। गत माघ १६ गतेको मन्त्रिपरिषद् बैठकले मन्त्री जयराम यादवलाई प्रदेश–१ को नामकरणका लागि सहजीकरण गर्ने जिम्मा दिएकोथियो ।

प्रदेशको स्थायी राजधानी विराटनगर कायम भइसकेको लामो समय भइसक्दा पनि प्रदेश–१ ले नाम टुङ्गो लगाउन सकेको छैन् । मुख्यमन्त्री राजेन्द्र राईले प्रदेशको नामकरण गर्न पहल गरे पनि अहिलेसम्म नाममा सहमति हुन सकेको छैन् ।

अरु ६ वटा प्रदेशले नाम तथा स्थायी राजधानी टुङ्गो लगाइसकेका छन् । काठमाडौं । मधेस प्रदेशको प्रदेशसभा बैठक आज मंगलबार बस्ने भएकोछ ।

प्रदेशसभा सचिवालयका अनुसा मंगलबार दिउँसो २ बजे बस्ने प्रदेशसभाको बैठकमा अघिल्लो बैठकमा सरकारद्वारा प्रस्तुत प्रदेश प्रहरी ऐन कार्यान्वयनसम्बन्धी सङ्कल्प प्रस्तावमाथि छलफल हुनेछ ।

गत माघ २६ गते बसेको प्रदेशसभाको बैठकमा प्रदेश सरकारका आन्तरिक मामिला तथा सञ्चारमन्त्री भरतप्रसाद साहले सो सङ्कल्प प्रस्ताव पेश गर्नुभएको थियो ।

सो बैठकमा प्रदेशसभा सदस्य ज्ञानेन्द्रकुमार यादव, रवीन्द्र बैठा, जगतप्रसाद यादव, जैनुल राइन, परमेश्वर साह, शिवचन्द्र चौधरी, नरेशकुमार यादव, अभिराम शर्मा, किशोरी साह (कमल), रीना यादव, रामअशिष यादवलगायतले सरकारद्वारा ल्याइएको सङ्कल्प प्रस्तावमाथि आ–आफ्ना धारणा राख्नुभएको थियो ।

यसअघि फागुन १ गते आह्वान गरेको प्रदेशसभाको बैठक विशेष कारण जनाउँदै प्रदेशसभा सचिवालयले स्थगन गरेकोथियो ।

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको

माउण्टेन खबर प्रा.लि.
ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
फोन नम्वर : ९८५१०४०१०१
ईमेल: [email protected]

हाम्रो टिम

प्रधान सम्पादक: प्रदीप चापागाँई

सल्लाहकार : राम लामा अविनाषि

संञ्चालक : अनिता चापागाँई (आचार्य)