शुक्रबार, साउन १५, २०८३
Mountain Khabar

Advertisment

SKIP THIS

साढे तीन महिनापछि प्रदेश १ को प्रदेश सभा बैठक बस्दै


  • माउन्टेन खबर
  • आइतवार, फाल्गुन १५, २०७८
  • 574
    SHARES

विराटनगर, १५ फागुन । साढे तीन महिनापछि प्रदेश १ को प्रदेश सभा बैठक आज दिउँसो १ बजे बस्न लागेको छ । संसद सचिवालयले सूचना जारी गर्दे बैठक बस्न लागेको जनाएको हो ।

बैठकमा ‘प्रदेश अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठान सम्बन्धमा व्यवस्था गर्न विधेयक, २०७८’ माथि सैद्धान्तिक छलफल हुने सचिवालयले जनाएको छ । बैठकमा प्रदेश नामकरणको विषय प्रवेश नपाउने भएको छ ।

यसअघि प्रदेश सरकारले नामकरणको विषयमा सर्वदलीय छलफल गरेको थियो । सत्ता गठबन्धन दलहरूले नामकरणको विषयमा सहमति गरेर यही अधिवेशनमा प्रदेशसभामा दर्ता गर्ने दाबी गर्दै आएको छ ।

मुख्यमन्त्री राजेन्द्र राईले विश्वासको मत लिएपछि मंसिर १ गते स्थगित भएको प्रदेशसभा बैठक बिजनेस अभावमा लामो समय स्थगित भएको थियो । वर्तमान सरकारले प्रदेशसभा सचिवालयमा अहिलेसम्म कुनै पनि विधेयक दर्ता गराएको छैन ।

प्रदेशसभामा यसअघि नै दर्ता भएको अर्थ विधेयक र प्रतिष्ठान विधेयक विचाराधीन छ । दुई वटा विधेयकमा छलफल हुँदासम्म सञ्चार संस्था व्यवस्थापन गर्न बनेको विधेयक तयार गर्ने सरकारको तयारी छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको

माउण्टेन खबर प्रा.लि.
ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
फोन नम्वर : ९८५१०४०१०१
ईमेल: [email protected]

हाम्रो टिम

प्रधान सम्पादक: प्रदीप चापागाँई

सल्लाहकार : राम लामा अविनाषि

संञ्चालक : अनिता चापागाँई (आचार्य)