रसुवामा राष्ट्रिय पुनर्निर्माण जिल्ला आयोजना कार्यान्वयन इकाई अनुदान व्यवस्थापन तथा स्थानिय पुर्वाधार कार्यालयका प्रमुख लेखनाथ पोख्रेलको गाडी स्थानीय प्रशासनले नियन्त्रणमा लिएको छ । लकडाउनको समयमा बिना पास सरकारी गाडी लिएर घुमफिरमा निस्कीएको पाइएको बताइएको छ ।

स्थानीयबासीका अनुसार मदिराले मातिरहेको अबस्थामा आमाछोदिङ्मो तीन गत्लाङमा उनी सरकारी गाडी सहित फेला परेका थिए ।
स्थानियले सरकारी गाडी सहित राष्ट्रिय पूननिर्माण प्रधिकरण रसुवाका पाँच जना कर्मचारी समेतलाई नियन्त्रणमा लिएर स्थानिय प्रहरीमा बुझाएका थिए ।
जिल्ला प्रशासन कार्यालय बाट डिजेल र पेट्रोल लिनका लागि भन्दै कार्यालयको बा २ झ ३८७९ नम्बरको गाडी सदरमुकाम धुन्चे देखि बेत्रावती सम्मको पास लिएर हिडेका उनीहरु गत्लाङ पुगेका हुन ।

प्रमुख जिल्ला अधिकारी अर्जुन भन्डारीका अनुसार जानकारी नदिई उनीहरुको टोलि त्यहासम्म पुगेको पाइएको छ । तर, पुननिर्माण प्रमुख पोखरेलले भने प्रशासनसङ्ग अनुगमनका लागि गएको दावी गरेका छन् । प्रजिअ भण्डारीले पासको दुरुपयोग भएको पाइएमा कारबाहि हुने उल्लेख गरे ।
स्थानीयले भने सवारी चालक रुघाखोकीले ग्रस्त रहेको र अन्य चार जनाले मदिरा पिएको अवस्थामा नियन्त्रणमा लिएको दावी गरेका छन् । साँझ नै थाम्बुचेतबाट प्रहरीको एक टोलिले गाडी नियन्त्रणमा लिइ मानचेत स्थित नेपाली सेनाको ब्यारेकमा राखेको छ ।
