आइतवार, साउन १७, २०८३
Mountain Khabar

Advertisment

SKIP THIS

वसन्तयामको आरोहणका लागि २२ आरोही समूहले पाए आरोहण अनुमति


  • माउन्टेन खबर
  • शुक्रबार, चैत्र १८, २०७८
  • 570
    SHARES
  • फाइल फोटो

काठमाडौँ, १८ चैत।
सन् २०२२ को वसन्तयामको सगरमाथा सहितका हिमाल तथा विभिन्न पिक आरोहणका लागि २२ आरोही समूहले आरोहण अनुमति पाएका छन् ।

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय, पर्यटन विभागका अनुसार ३१ मार्चसम्म २२ आरोहण दललाई आरोहण अनुमति जारी भएको छ । यसमा सर्वोच्च शिखर सगरमाथा ९८८४८।८६ मि० आरोहणका लागि मात्रै पाँच समूहले अनुमति लिएका छन् । अन्नपूर्ण ९८०९१ मि० आरोहणका लागि चार, अमादब्लम ९६८१४ मि० मा एक, ल्होत्से ९८५१६ मि० मा एक, कञ्चनजङ्घा ९८५८६ मि० मा एक, धौलागिरि ९८१६७ मि० आरोहणका लागि एक आरोही समूहले आरोहण अनुमति लिएका छन् ।

त्यसैगरी मिलुङ्ग चुलीका लागि दुई, नुप्सेका लागि दुई, भेम्दोङ्ग, गङ्गापुर्न र थापा पिकका लागि समान एक समूहले आरोहण अनुमति लिएको विभागको पर्वतारोहण शाखाले जारी गरेको विज्ञप्तिमा उल्लेख छ । सबै हिमाल तथा पिक गरेर २२ टिमका ३७ महिला र ११६ पुरुष गरी कूल १५३ आरोही आरोहणमा निस्किएका हुन् । ति हिमाल तथा पिक आरोहणबाट पाँच करोड ६१ लाख ४४ ५५० रोयल्टी जम्मा भएको पनि विभागले जनाएको छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको

माउण्टेन खबर प्रा.लि.
ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
फोन नम्वर : ९८५१०४०१०१
ईमेल: [email protected]

हाम्रो टिम

प्रधान सम्पादक: प्रदीप चापागाँई

सल्लाहकार : राम लामा अविनाषि

संञ्चालक : अनिता चापागाँई (आचार्य)