सोमवार, साउन ११, २०८३
Mountain Khabar

Advertisment

SKIP THIS

नयाँ पाठ्यक्रम अनुसार कक्षा ११ मा कुन बिषय कसरी छनौट गर्ने


  • माउन्टेन खबर
  • मङ्लबार, फाल्गुन ६, २०७६
  • 1.3K
    SHARES

शिक्षा मन्त्रालयअन्तर्गतको पाठ्यक्रम विकास केन्द्रले आगामी शैक्षिक सत्रदेखि सुरु हुने कक्षा ११ को नयाँ पाठ्यक्रममा अनिवार्य विषयका तीन पाठ्यपुस्तक मात्र लेख्ने भएको छ । कक्षा ११ मा पढाइ हुने ६४ ऐच्छिक विषयका पाठ्यपुस्तकलाई भने बजारबाट प्रतिस्पर्धाका आधारमा पठनपाठनका लागि स्वीकृति दिने भएको छ ।

पाठ्यक्रम विकास केन्द्रका महानिर्देशक डा। लेखनाथ पौडेलका अनुसार कक्षा ११ मा नेपाली, अंग्रेजी र सामाजिक अध्ययन विषयका पाठ्यपुस्तक लेखन सकिएको छ । महानिर्देशक पौडेलले सबै ऐच्छिक विषयका पाठ्यपुस्तक पाठ्यक्रम विकास केन्द्रबाट तयार गर्न सम्भव नभएकाले नयाँ पाठ्यक्रमअनुसार बजारमा आउने पुस्तकलाई नै स्वीकृति दिने बताए ।

‘ऐच्छिक विषयमा नयाँ पाठ्यक्रमअनुसार तयार भएका बजारमा लेखिएका पाठ्यपुस्तकलाई नै स्वीकृति दिन्छौँ,’ उनले भने, ‘न्यूनतम अंक निर्धारण गरेर त्यसका आधारमा मल्टिटेक्स्ट बुक लागू गर्छौँ ।’ विभिन्न विषयका पुस्तक लेखकलाई पाठ्यक्रमअनुसार मिलाएर ल्याउन अनुरोध गर्ने र त्यसरी ल्याउनेमध्ये गुणस्तरीय पुस्तकलाई केन्द्रले स्वीकृति दिने पौडेलले बताए । केन्द्रले तयार पारेका ५० विषयका पाठ्यक्रम शिक्षामन्त्री अध्यक्ष रहने पाठ्यक्रम विकास परिषद्ले स्वीकृत गरिसकेको छ ।

अघिल्लो वर्षदेखि नै नयाँ पाठ्यक्रम लागू गर्ने भनिए पनि तयारी कम भएको र निजी विद्यालय सञ्चालकहरूले पनि गुनासो गरेका कारण लागू हुन सकेको थिएन । नयाँ व्यवस्थाअनुसार केन्द्रले ६ विषय पढाउनैपर्ने र क्रेडिट आवर कम भएका विषय पढ्नेले थप एक विषय पढ्न सक्ने व्यवस्था छ । कक्षा ११ र १२ मा संकायका रूपमा विषय नछुट्याए पनि उच्च शिक्षा कुन संकायमा लिने भन्ने आधारमा विषय छनोट गर्न सक्ने व्यवस्था छ ।

साधारण र टेक्निकल धारमा पनि ऐच्छिक विषय हुनेछन् । कक्षा ११ र १२ मा तीन–तीनवटा अनिवार्य र तीनवटा ऐच्छिक विषय छनोट गर्न सकिनेछ । कक्षा ११ मा अंग्रेजी, नेपाली र सामाजिक अध्ययन विषयलाई अनिवार्य गरिएको छ । यसैगरी, कक्षा १२ मा नेपाली, अंग्रेजी र जीवनोपयोगी शिक्षालाई अनिवार्य गरिएको छ । तीनवटा ऐच्छिक विषय लिनुपर्ने र एउटा थप लिन सक्ने व्यवस्था छ ।

चार समूहमध्ये कुनै तीन समूहबाट एकरएक विषय अनिवार्य छनोट गर्नुपर्ने छ । तर, एउटै समूहबाट दुई विषय छनोट गर्न नपाउने केन्द्रका प्रवक्ता गणेश भट्टराईले बताए । विद्यार्थीले अध्ययन गर्न चाहेमा बाँकी समूहबाट विषय थप गर्न पाउने व्यवस्था छ । तीन विषय मात्र पढे तीन र चार पढे चारवटैको सर्टिफिकेट आउँछ ।

ऐच्छिक पहिलो पत्र

भौतिक विज्ञान, लेखाका सिद्धान्तहरू, ग्रामीण विकास, विधिशास्त्र र कानुनी सिद्धान्त, स्वास्थ्य तथा शारीरिक शिक्षा, खेलकुद विज्ञान, बालविकास र सिकाइ, मनोविज्ञान, इतिहास, लैंगिक अध्ययन, हस्पिटालिटी म्यानेजमेन्ट, बाली विज्ञान, प्राकृतिक चिकित्सा, मानव–मूल्य शिक्षा, मूर्तिकला

ऐच्छिक दोस्रो पत्र

रसायन विज्ञान, शिक्षा र विकास, भूगोल, कार्यविधि कानुन, समाजशास्त्र, आयुर्वेद, भाषाविज्ञान, व्यवसाय अध्ययन, राजनीतिशास्त्र, दर्शनशास्त्र, जनसंख्या अध्ययन, वागबानी, खाद्यपोषण, नृत्य

ऐच्छिक तेस्रो पत्र

जीव विज्ञान, अर्थशास्त्र, पर्यटन र पर्वतारोहण अध्ययन, कम्प्युटर विज्ञान, बुढ्यौली शिक्षा तथा स्याहार शिक्षा, योग तथा अध्ययन, वाद्यवादन, सिलाइ तथा बुनाइ, संवैधानिक कानुन, आमसञ्चार अध्ययन, संस्कृति, फेसन डिजाइनिङ, मूर्तिकला, पशुपालन, पक्षीपालन र माछापालन, नेपाली, अंग्रेजी, मैथिली, नेवारी, हिन्दी, चिनियाँ, जर्मन, जापानिज, कोरियन, उर्दू, फ्रेन्च, हिबू्र, अरेबिक, संस्कृत, पाककला, बजारशास्त्र

ऐच्छिक चौथो पत्र

गणित, प्रायोगिक गणित, वाणिज्य गणित, मानवअधिकार, पुस्तकालय तथा सूचना विज्ञान, गृह विज्ञान, वातावरण विज्ञान, साधारण कानुन, वित्तशास्त्र, सहकारी व्यवस्थापन, बौद्ध दर्शन, प्रायोगिक कला, गायन, चित्रकला, रेशमखेती र मौरीपालन, सौन्दर्यकला र केसकला, औषधिजन्य जडीबुटी, प्लम्बिङ र वायरिङ, आन्तरिक सजावट, होटेल व्यवस्थापन

 

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको

माउण्टेन खबर प्रा.लि.
ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
फोन नम्वर : ९८५१०४०१०१
ईमेल: [email protected]

हाम्रो टिम

प्रधान सम्पादक: प्रदीप चापागाँई

सल्लाहकार : राम लामा अविनाषि

संञ्चालक : अनिता चापागाँई (आचार्य)