शनिबार, साउन १६, २०८३
Mountain Khabar

Advertisment

SKIP THIS

 सरकारले राजदूत पौडेललाई सरकारले फिर्ता बोलायो, पाण्डेको नाम सिफारिस


  • माउन्टेन खबर
  • सोमवार, फाल्गुन १९, २०७६
  • 761
    SHARES

सरकारले चीनका लागि नेपाली राजदूत लीलामणि पौडेललाई फिर्ता बोलाएको छ । मन्त्रिपरिषद्को आइतबार बेलुकी बसेको बैठकले पौडेललाई फिर्ता बोलाउने निर्णय गरेको एक मन्त्रीले जानकारी दिए । ती मन्त्रीकाअनुसार राजदूत पौडेललाई स्वदेश फर्किन १५ दिने म्याद दिइएको छ ।

नयाँ राजदूतमा पूर्वपरराष्ट्रमन्त्री महेन्द्रबहादुर पाण्डेको नाम सिफारिस भएको छ । पूर्व मुख्यसचिव पौडेल २०७३ कात्तिकमा चीनका लागि नेपाली राजदूत नियुक्त हुनुभएको थियो ।

यस्तै बैठकले सहसचिव एकनारायण अर्याललाई बढुवा गर्ने निर्णय गरेको छ भने पाँच सचिवको सरुवा गरिएको छ।

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको
  • माउण्टेन खबर प्रा.लि.
    ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
    दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
    फोन नम्वर : ९८५१०४०१०१
    ईमेल: [email protected]

    हाम्रो टिम

    प्रधान सम्पादक: प्रदीप चापागाँई

    सल्लाहकार : राम लामा अविनाषि

    संञ्चालक : अनिता चापागाँई (आचार्य)