शुक्रबार, बैशाख १४, २०८१
Mountain Khabar

Advertisment

SKIP THIS

नेपालमा कोरोनाको आशङ्कामा ४ सय ५० जनाको नमूना परीक्षण 


  • माउन्टेन खबर
  • बिहिबार, फाल्गुन २९, २०७६
  • 430
    SHARES

नेपालमा कोरोना भाइरसको आशङ्कामा ४ सय ५० जनाको नमूना परीक्षण गरिएको छ । तीमध्ये अहिले ६ जना मात्रै आइसोलेसनमा रहेका छन् । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले अहिलेसम्म नेपालमा एक जनामा मात्रै कोरोनाको सङ्क्रमण देखिएको र उनी पनि निको भएर घर फर्केको जानकारी दिएको छ ।

स्वास्थ्य मन्त्रालयमा भएको पत्रकार सम्मेलनमा मन्त्रालयका प्रवक्ता डा‍ विकास देवकोटाले ४ जना टेकु अस्पताल र २ जना पाटन अस्पतालमा आइसोलेसनमा रहेको जानकारी दिनुभयो ।

यस्तै कोरोनाको आशङ्कामा निजामती अस्पतालमा एक जना बिरामी निगरानीमा रहेको तर अहिलेसम्म परीक्षण भइनसकेको पनि मन्त्रालयले जनाएको छ ।

मन्त्रालयले विश्व स्वास्थ्य सङ्गठन डब्लुएचओ को मापदण्ड अनुसार नै सङ्क्रमण रोकथाम र नियन्त्रणका काम भैरहेको जनाएको छ । पूर्वतयारीको क्रममा सङ्क्रमण फैलिन नदिन उच्च जोखिममा रहेका ८ वटा देशहरु चीन, इरान, इटाली, दक्षिण कोरिया, जापान, फ्रान्स, जर्मनी र स्पेनबाट नेपाल आउनेहरुलाई रोग नभएको प्रमाणित कागजात लिएर आउने प्रावधान अनिवार्य गरिएको छ ।

उच्च जोखिम भएका देशहरुबाट आउने सबैलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा स्क्रिनिङ र फारम भर्ने काम पनि लागु गरिएको प्रवक्ता देवकोटाले बताउनुभयो ।

विदेशबाट आउने व्यक्तिले आफैँ क्वारेण्टाइनमा बस्नेगरी नियम पालना गर्नु पर्नेछ । सरकारले चीन र भारतसँग सिमाना जोडिएका ४३ वटा नाकामा हेल्थ डेस्क राखेको उहाँले जानकारी दिनुभयो ।

कोरोना सङ्क्रमणको निगरानी, रोकथाम र नियन्त्रणका लागि १८ जना करारका कर्मचारी खटाउने गरी तयारी भएको स्वास्थ्य सचिव यादव कोइरालाले बताउनुभयो ।

उहाँले आवश्यक आइसोलेसन कक्ष, औषधि उपकरण र जनशक्तिको अनुमानसहित योजना तयार पारेको पनि जानकारी दिनुभयो । शङ्कास्पद बिरामीलाई आइसोलेसनमा राख्न र आवश्यक उपचार गर्न शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल, पाटन अस्पताल र एपीएफ अस्पताललाई तोकिएको छ । अरु अस्पताललाई पनि सूचीकरण गरिसकिएको मन्त्रालयले जनाएको छ ।

 

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको
  • माउण्टेन खबर प्रा.लि.
    ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
    दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
    फोन नम्वर : ९८५१२२७४०६
    ईमेल: [email protected]

    हाम्रो टिम

    सल्लाहकार : राम लामा “अविनाशी”
    संञ्चालक : अनिता चापागाँई
    सम्पादक :  अच्युत  रेग्मी
    सह सम्पादक : अनु आचार्य
    सम्वाददाता : आषिश तामाङ
    सम्वाददाता : सब्बु आचार्य
    बजार व्यवस्थापक : क्रिशमान तामाङ

    .ads img { margin-bottom: 15px; }