बुधबार, भदौ २४, २०८३
Mountain Khabar

Advertisment

SKIP THIS

कोरोना उपचार कोषमा नेपाल उद्योग वाणिज्य महासंघ व्दारा डेढ करोड रुपैयाँ बराबरको सहयोग


  • माउन्टेन खबर
  • आइतवार, चैत्र १६, २०७६
  • 694
    SHARES

नेपाल उद्योग वाणिज्य महासंघले विश्वव्यापी महामारीको रूपमा फैलिएको कोरोना भाइरस  रोगको संक्रमणलाई फैलन नदिन तथा सोको रोकथाम तथा नियन्त्रणका लागि नेपाल सरकारले स्थापना गरेको “कोरोना भाइरस संक्रमण रोकथाम, नियन्त्रण तथा उपचार कोष” मा डेढ करोड रुपैयाँ सहयोग गरेको छ ।

महासंघका अध्यक्ष भवानी राणाले उपप्रधान एंव रक्षमन्त्री ईश्वर पोखेरललाई आज सिंहदरवारमा गई ५९ लाखको चेक हस्तान्तरण गर्नुभयो।

९१ लाख बराबरको स्वास्थ्य तथा खाद्यान्न लगायतको सामग्रीहरू महासंघले सहयोग दिने जनाएको छ ।

सो अवसरमा महासंंघका निवर्तमान अध्यक्ष पशुपति मुरारका, वरिष्ठ उपाध्यक्ष शेखर गोल्छा, उपाध्यक्षहरू किशोर प्रधान, उमेशलाल श्रेष्ठ, चन्द्र प्रसाद ढकाल सहितको उपस्थिति थियो ।
महासंघले लकडाउनका समयमा काम विहीन भई बसेका श्रमिकहरूलाई खाद्यान्न सामग्रीहरू उपलव्ध गराउने छ ।

आफ्नो देशैभर रहेको संजाल मार्फत महासंघले उद्योग व्यवसायमा काम गर्ने श्रमिक कामदारहरूको तथ्यांक संकलन गरीरहेको छ । महासंघले यसअघि सरकारलाई दशहजार थान मास्क र २ सय पचास सेट व्यक्तिगत सुरक्षा उपकरण  गरिसकेको छ थियो।

थप स्वास्थ्य सामग्री संकलनमा पनि महासंघ लागिरहेको महासंघले जनाएको छ।

महासंघले संस्थागत सामाजिक उत्तरदायित्व समेतलाई मनन गर्दै मुलुकलाई परेको अप्ठेरो समयमा सरकारलाई हरतरहले सहयोग गर्दै आएको महासंघ वदारा प्रेशित विज्ञप्तिमा उल्लेख छ।

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको

माउण्टेन खबर प्रा.लि.
ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
फोन नम्वर : ९८५१०४०१०१
ईमेल: [email protected]

हाम्रो टिम

प्रधान सम्पादक : प्रदीप चापागाँई

सल्लाहकार : राम लामा अविनाषि

संञ्चालक : अनिता चापागाँई (आचार्य)