नेपाल राष्ट्र बैङ्कले उद्योगी एवं व्यवसायीले बैङ्क तथा वित्तीय संस्थालाई चैत मसान्तमा बुझाउनुपर्ने किस्ताको समयसीमा बढाएर असार मसान्तसम्म पुर्याएको छ ।
कोरोना भाइरसका कारण नेपालको अर्थतन्त्रमा परेको असरबाट उद्योगी तथा व्यवसायीलाई राहत दिन केन्द्रिय बैङ्कले उद्योगी तथा व्यवसायीले कर्जाको साँवा र ब्याज भुक्तानी गर्ने समयसीमा असार मसान्तसम्म पुर्याएको हो ।
कोरोना भाइरको महामारीले व्यबसायमा असहज परिस्थिती सृजना भएको भन्दै उद्योगी तथा व्यवसायीले सरकार रात प्याकेज धोषणा गर्न माग गर्दै आएका थिए।
कोरोनाका कारण देशको उद्योग व्यवसाय, पर्यटन र वित्तीय क्षेत्र असर गरेकाले सहुलियत उपलब्ध गराएको केन्द्रीय बैंकले जनाएको छ ।
