बुधबार, भदौ २४, २०८३
Mountain Khabar

Advertisment

SKIP THIS

अर्थमन्त्रीको संयोजकत्वमा बन्यो गर्भनर शिफारिस समिति


  • माउन्टेन खबर
  • सोमवार, चैत्र १७, २०७६
  • 811
    SHARES

सरकारले नेपाल राष्ट्र बैंकको गभर्नर सिफारिशका लागि समिति गठन गरेको छ ।

नेपाल राष्ट्र बैंकको गभर्नर पद रिक्त भएको करिब दुई सातापछि हिजोको मन्त्रिपरिषद् बैठकले अर्थमन्त्री डा. युवराज खतिवडाको संयोजकत्वमा राष्ट्र बैंकका पूर्व गभर्नर विजयनाथ भट्टराई र नेपाल सरकारका पूर्व सचिव एवं राष्ट्रिय सूचना आयोगका पूर्व प्रमुख आयुक्त कृष्णहरि बाँस्कोटाको सम्मिलित समिति गठन गरेको हो ।

समितिको बैठकले आगामी गभर्नरमा तीन जनाको नाम सिफारिश गर्नेछ । जसमा नेपाल राष्ट्र बैंकका एक डेपुटी गभर्नर अनिवार्य समावेश हुनेछन् ।
चैत ५ देखि रिक्त भएको नेपाल राष्ट्र बैंकको १७औं गभर्नरका लागि कामु गभर्नरको जिम्मेवारी पाएका वरिष्ठ डेपुटी गभर्नर चिन्तामणी शिवाकोटीसहित पूर्व डेपुटी गभर्नर एवं लगानी बोर्डका सीईओ महाप्रसाद अधिकारी, राष्ट्रिय योजना आयोगका पूर्व उपाध्यक्ष डा. मीनबहादुर श्रेष्ठ, पूर्व अर्थसचिव डा. राजन खनाल, प्रधानमन्त्रीका आर्थिक सल्लाहकार एवं पूर्व सचिव लालशंकर घिमिरे लगायतको नाम चर्चामा छ ।

 

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको

माउण्टेन खबर प्रा.लि.
ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
फोन नम्वर : ९८५१०४०१०१
ईमेल: [email protected]

हाम्रो टिम

प्रधान सम्पादक : प्रदीप चापागाँई

सल्लाहकार : राम लामा अविनाषि

संञ्चालक : अनिता चापागाँई (आचार्य)