बिहिबार, भदौ २५, २०८३
Mountain Khabar

Advertisment

SKIP THIS

व्रिटिस एयरवेज कर्मचारी कटौती


  • माउन्टेन खबर
  • बिहिबार, चैत्र २०, २०७६
  • 1.0K
    SHARES

कोरोना भाइरसको विश्वव्यापी महामारीका कारण जहाजहरु थन्किएपछि व्रिटिस एयरवेजले ३६  हजार कर्मचारी अस्थायी रुपमा कटौती गर्ने तयारी गरेको छ ।

कर्मचारी कटौती कसरी गर्ने भन्ने सम्बन्धमा गत एक हप्तादेखि कर्मचारी युनियनसँग एयरवेजको वार्ता भइरहेको छ । दुई पक्ष बीच कर्मचारी निलम्बनका विषयमा दुबै पक्ष समझदारीमा पुगे पनि विस्तृत रुपमा हस्ताक्षर हुन भने बाँकी छ ।

सम्झौतामा संकटका बेला अनावश्यक कर्मचारी अस्थायी रुपमा कटौती गर्ने सहमति भएको हो । कटौतीमा पर्नेमा ८० प्रतिशत विमानभित्रै कार्यरत कर्मचारी, ग्राउण्ड स्टाप, इन्जिनियर तथा केन्द्रीय कार्यालयमा कार्यरत कर्मचारी रहेका छन् ।

ब्रिटिस एयरवेजले कोरोननको संकट नसिएसम्म ग्याटविक र लण्डन सिटी विमानस्थलमा उडान स्थगित गरेकाले त्यहाँ कार्यरत कर्मचारीलाई प्रभावित हुनेछन् ।

प्रभावितहरुलाई सरकारले घोषणा गरेको कोरोना भाइरस राहत कार्यक्रम मार्फत् ८० प्रतिशतसम्म उनीहरुको तलब प्राप्त हुने व्यवस्था मिलाइएको छ ।।

 

 

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको

माउण्टेन खबर प्रा.लि.
ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
फोन नम्वर : ९८५१०४०१०१
ईमेल: [email protected]

हाम्रो टिम

प्रधान सम्पादक : प्रदीप चापागाँई

सल्लाहकार : राम लामा अविनाषि

संञ्चालक : अनिता चापागाँई (आचार्य)