बुधबार, बैशाख १९, २०८१
Mountain Khabar

Advertisment

SKIP THIS

स्वास्थ्य सामग्री खरिदमा भएको भ्रष्टाचार प्रकरणमा मुछिएकालाई कारबाही गर्न ढिलाई गरेकोमा काँग्रेस सभापतिको आपत्ति


  • माउन्टेन खबर
  • शुक्रबार, चैत्र २१, २०७६
  • 445
    SHARES

प्रमुख प्रतिपक्षिदल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले स्वास्थ्य सामग्री खरिदमा भएको भ्रष्टाचार प्रकरणमा मुछिएकाहरुलाई कारबाही गर्न ढिलाई गरेको भन्दै आपत्ति जनाएका छन् ।

शुक्रबार एक प्रेस वक्तव्य जारी गर्दै सभापति देउवाले भ्रष्टाचारमा मुछिएकालाई कारबाही गर्नुको साटो घटनाको ढाकछोप गर्ने प्रयासले   देशकै प्रतिष्ठामा आघात पुर्याएको उल्लेख गरेका छन् ।

स्वाथ्य सामग्री खरिद प्रकरणको निष्पक्ष अनुसन्धान गर्न ढिलाइ गर्न खोजिएको, ढाकछोप गर्ने प्रयत्न भइरहेकोे एवं समाचार लेख्ने र बोल्नेहरुलाई हतोत्साहित गर्न खोजिएको भन्दै उनले यसलाई गम्भीरतापूर्वक लिइने जनाएका छन् ।

अत्यावश्यक सामग्री खरिदमा ढिलाइ, टेन्डर प्रक्रियाको अपारदर्शीता, बढी मूल्य निकासा गराएर राज्य कोषमा गरिएको भ्रष्टाचार एवं विश्व स्वास्थ संगठनको मापदण्ड विपरीतको कमसल सामग्री खरिद जस्ता आपत्तिजनक र लज्जास्पद घटना कुनैपनि दृष्टिले माफियोग्य नरहेको  देउवाले उल्लेख गरेका छन् ।

ढिलासुस्ती र अनियमिततामा संलग्नहरुलाई जिम्मेवारीबाट मुक्त गरेर अनुसन्धान र कार्वाही थाल्न उनले प्रधानमन्त्री केपी ओलीसँग आग्रह  गरेका छन् ।

लक डाउनका कारण एक ढंगले  समाज बन्द रहेकै मौका छोपी भएका भ्रष्टाचारका प्रकरण र यस्तो वातावरणप्रति विशेष चनाखो बन्न देउवाले सम्बन्धित संवैधानिक निकायको ध्यानाकर्षण  गराएका छन् ।

देउवाले विज्ञप्तिमा भनेका छन्, ‘अपारदर्शी ढंगले कार्य भएको व्यापक समाचार दृष्टिगत गर्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगले खरिद प्रकरणको गहिरो अनुसन्धान गर्न र कार्वाहीको प्रक्रिया अघि बढाउन जरुरी छ’ ।

लक डाउनको प्रतिकूल अवस्थामा पनि सञ्चार माध्यमहरुले क्षमताले भ्याएसम्म सूचना सम्प्रेषण र सचेतनाको कार्य गरेका राज्यको चौथो अंगलाई विशेष रुपले कदर र प्रोत्साहित गर्नुपर्नेमा हतोत्साहित गर्न खोजिनु दुःखद रहेको देउवाले बताएका छन् ।

‘काठमाडौँ प्रेस अनलाइनमा प्रकाशित खरिद प्रकरणको समाचार साइबर अतिक्रमणमा पर्नु आपत्तिजनक छ । यसमा जो दोषी छन् तिनलाई कार्वाहीको दायरामा ल्याउन म सम्बन्धित निकायलाई आग्रह गर्दछु’, देउवाले भनेका छन् ।

नपाली कांग्रेस सबै खाले अनियमितता र बेथितिको विरुद्धमा निरन्तर उभिने भन्दै देउवाले आजको संकटसँग जुध्नसरकारको साथमा निरन्तर रहने आश्वासन पनि दिएका छन् ।

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको

माउण्टेन खबर प्रा.लि.
ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
फोन नम्वर : ९८५१२२७४०६
ईमेल: [email protected]

हाम्रो टिम

सल्लाहकार : राम लामा “अविनाशी”
संञ्चालक : अनिता चापागाँई
सम्पादक :  अच्युत  रेग्मी
सह सम्पादक : अनु आचार्य
सम्वाददाता : आषिश तामाङ
सम्वाददाता : सब्बु आचार्य
बजार व्यवस्थापक : क्रिशमान तामाङ

.ads img { margin-bottom: 15px; }