आइतवार, जेष्ठ ६, २०८१
Mountain Khabar

Advertisment

SKIP THIS

लकडाउनको समय लम्वाउन केन्द्र सरकारलाई सुदूरपश्चिम प्रदेशको आग्रह


  • माउन्टेन खबर
  • आइतवार, चैत्र २३, २०७६
  • 761
    SHARES

सुदूरपश्चिम प्रदेश सरकारले त्यस क्षेत्रमा पछिल्लो समयमा कोरोनाका संक्रमित बढ्दै गएको भन्दै लकडाउनको अवधि लम्ब्याउन माग गरेको छ । उसले केन्द्र सरकारलाई सो सिफारिस गरेको हो।

शनिबार मात्र कैलालीको एक स्थानीय व्यक्तिमा कोरोना संक्रमण पुष्टि भएपछि प्रदेश सरकारको उच्चस्तरीय समितिले लकडाउनको अवधि लम्ब्याउने निष्कर्ष निकालेको छ । यसअघि विदेशबाट नेपालमा आएका नागरिकामा मात्र संक्रमण देखिएकोमा कैलालीमा भने पहिलो पटक एक नेपालीबाटै अर्काेमा सरेको पाइएको छ । त्यसपछि सुदूरपश्चिम क्षेत्रमा तनाव उत्पन्न भएको प्रदेश सरकारले जनाएको छ ।

सुदूरपश्चिम प्रदेश सरकारका आन्तरिक मामिला मन्त्री प्रकाश शाहले संक्रमण थप फैलिन नदिन लकडाउन अवधि लम्बाउने निष्कर्षसहित केन्द्र सरकारलाई सिफारिस गरिएको बताएका छन् । कोरोना रोकथाम तथा नियन्त्रणको प्रयासमा सरकारले चैत ११ गतेदेखि देशभर लकडाउन गरेको छ । लकडाउनको अवधि यही चैत २५ गते सकिँदैछ ।

लकडाउनको अवधि लम्बिने चर्चा चलिरहेको बेला शनिबार बसेको संघीय मन्त्रिपरिषद बैठकले त्यसबारे कुनै निर्णय नगरे पनि यसको अवधि भोलि एकदिन रहेकोले भोलि नै सरकारले यसबारेमा निर्णय गर्ने बुझिएको छ । बरु संक्रमण थप फैलिन नदिन सरकारले एक स्थानीय तहबाट अर्को स्थानीय तहसम्म आउ–जाउ गर्न रोक लगाउने निर्णय गरेको छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको

माउण्टेन खबर प्रा.लि.
ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
फोन नम्वर : ९८५१२२७४०६
ईमेल: [email protected]

हाम्रो टिम

सल्लाहकार : राम लामा “अविनाशी”
संञ्चालक : अनिता चापागाँई
सम्पादक :  अच्युत  रेग्मी
सह सम्पादक : अनु आचार्य
सम्वाददाता : आषिश तामाङ
सम्वाददाता : सब्बु आचार्य
बजार व्यवस्थापक : क्रिशमान तामाङ

.ads img { margin-bottom: 15px; }