शुक्रबार, बैशाख ७, २०८१
Mountain Khabar

Advertisment

SKIP THIS

लक डाउनले एचआइभी संक्रमितलाई असर


  • माउन्टेन खबर
  • सोमवार, चैत्र २४, २०७६
  • 606
    SHARES

 

कोरोना भाइरस (कोभिड—१९) संक्रमणबाट जोखिन सरकारले घोषणा गरेको लक डाउनले एचआइभी संक्रमितहरुलाई असर गरेको छ ।

नेपालमा कोरोना संक्रमणको जोखिम बढेसँगै सरकारले लक डाउनलाई थप कडाई गरेपछि नियमित औषधि सेवन गरिरहेका एचआइभी संक्रमितहरुलाई असर परेको हो । औषधि सेवन गर्दै आएका संक्रमितहरुले विभिन्न जिल्लास्थित एआरटी सेन्टरबाट औषधि लिने गरेको भएपनि एक स्थानीय तहबाट अर्को स्थानीय तहमा जान कडाई गरेपछि समस्या भएको हो । राष्ट्रिय एचआईभी एड्स महासंघले संक्रमितहरुको घरघरमा औषधि पु¥याएर सहजता प्रदान गरेपनि अनिवार्य पास लिनुपर्ने र सवारी साधन बन्द भएको अवस्थामा समस्या परेको महासंघका अध्यक्ष राजेश दिदियाले जानकारी दिनुभयो । अहिले एचआईभी संग सम्वन्धित काम गर्दै आएका संघ संस्थाहरुको समन्वयमा घर घरमा औषधी पु¥याउन थालेपनि एक स्थानीय निकाय देखि अर्को जान बन्द गर्ने निर्णय सँगै भने समस्या आउन सक्ने उहाँको भनाई छ ।

हाल देश भर १८ हजार ५ सय ५५ जना एआर्टी लिनेको संख्या रहेका छन् । समाजमा विद्यमान कुरीती र कुप्रथा एवं सामाजिमा ब्याप्त पुरानो विचार धारा, लान्छना साथै भेदभाव भएका कारण आफू रहने जिल्ला भन्दा बाहिरको जिल्लाबाट एआरटीको औषधी लिनेहरुमा समस्या देखिको छ । यद्यपी महासंघले आपसि समन्वयमा सम्बन्धि जिल्लामा रहेको एआरटी सेन्टरबाट औषधि वितरण गर्नेगरि त्तकाल समस्या समाधान गरिहेको छ ।

एचआइभी संक्रमितले लिदै आएको औषधी एआर्टीको स्टक दुई महिनाको लागि मात्र रहेको छ । विश्वव्यापी रुपमा फैलिएको कोरोना नियन्त्रणमा नआए औषधि अभाव हुन सक्ने चिन्ता महासंघले व्यक्त गरेको छ ।

काठमाडौंको शुक्रराज ट्रपिकल सेन्टरबाट मात्रै २ हजार ४ सय ५० जनाले औषधि लिदैं आएका छन् । ठुलो संख्यामा औषधी लिने एकै मात्र एआर्टी सेन्टरका रुपमा रहेको काठमाडौंको उक्त सेन्टरबाट आफ्ना औषधी लिनेहरुको घर घर औषधी पु¥याउने काम भई रहेको छ । हाल देश भर ८० वटा एआर्टी सेन्टरबाट एचआईभी संक्रमितहरुले औषधी लिदै आएका छन् । यस्तै देश भरमा १ हजार ३ सय ५६ जना बालबालिकाले यो औषधीको प्रयोग गर्दै आएका छन् ।

न्यूज एजेन्सी नेपाल

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको
  • माउण्टेन खबर प्रा.लि.
    ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
    दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
    फोन नम्वर : ९८५१२२७४०६
    ईमेल: [email protected]

    हाम्रो टिम

    सल्लाहकार : राम लामा “अविनाशी”
    संञ्चालक : अनिता चापागाँई
    सम्पादक :  अच्युत  रेग्मी
    सह सम्पादक : अनु आचार्य
    सम्वाददाता : आषिश तामाङ
    सम्वाददाता : सब्बु आचार्य
    बजार व्यवस्थापक : क्रिशमान तामाङ

    .ads img { margin-bottom: 15px; }