बुधबार, भदौ २४, २०८३
Mountain Khabar

Advertisment

SKIP THIS

कोरोना भाइरसको महामारीसँग लड्न विश्व बैंकले नेपाललाई दियो २ करोड ९० लाख अमेरिकी डलर सहुलियत ऋण सहयोग


  • माउन्टेन खबर
  • बुधबार, चैत्र २६, २०७६
  • 614
    SHARES

विश्व बैंकले नेपाललाई २ करोड ९० लाख अमेरिकी डलर सहुलियत ऋण सहयोग दिएको छ । कोरोना भाइरसको महामारीसँग लड्न विश्व बैंकले नेपाललाई सहयोग उपलब्ध गराएको हो ।

अर्थ मन्त्रालयका सचिव शिशिर ढुंगाना र विश्व बैंकका कन्ट्री म्यानेजर फ्यारिश जर्भोसले सहायता सम्बन्धि समझदारीपत्रमा हस्ताक्षर गर्दै विश्व बैंकले द्रुत मार्गबाट उपलब्ध गराउने सहयोग कोरोनाले उत्पन्न गरेको जनस्वास्थ्य संकटसग जुझ्न उपयोग गर्ने बताएका छन् ।

देशभर स्वास्थ्य सेवाका पूर्वाधार स्तरोन्नति तथा आवश्यक स्वास्थ्य सामग्री खरिदमा विश्व बैंकले दिएको सहयोग उपयोग गरिन लागेको अर्थ मन्त्रालय अन्तर्राष्ट्रिय सहायता समन्वय महाशाखाका प्रमुख श्रीकृष्ण नेपालले बताए ।

यो सहयोग स्वास्थ्य मन्त्रालयमार्फत् परिचालन हुनेछ । जनस्वास्थ्य संकट सम्बोधनका लागि सरकारले स्वास्थ्य मन्त्रालयलाई आवश्यक पर्ने जति पनि बजेट उपलब्ध गराउने मन्त्रिपरिषद्को निर्णय छ ।

अर्थसचिव ढुंगानाले महामारीका कारण मानवीय संकटसँगै आर्थिक संकट गहिरिदैं गएकाले अर्थतन्त्र बचाउन सरकारले विश्व बैंकसँग थप सहयोगको अपेक्षा गरेको बताएका छन् ।
विश्व बैंकको सहयोग स्वास्थ्यकर्मीका लागि व्यक्तिगत सुरक्षा उपकरण (पीपीई), स्वच्छता सामग्री, उपचार तथा संक्रामक रोगहरुको परिक्षणलाई तीव्रता दिन राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाको क्षमता विस्तारमा प्रयोग हुने विश्व बैंकका कन्ट्री म्यानेजर फ्यारिशको भनाई छ । नेपालले कोरोना संक्रमण नियन्त्रणको दोस्रो चरण घोषणा गरेको छ ।

विश्व बैंकको यो सहयोग सरकारको घोषणा अनुसार पीसीआर र आरडीटी विधिबाट कन्ट्रयाक्ट ट्रेसिङ गर्दै व्यापक परिक्षण गर्न महत्वपपूर्ण हुने स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले उल्लेख गरेको छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको

माउण्टेन खबर प्रा.लि.
ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
फोन नम्वर : ९८५१०४०१०१
ईमेल: [email protected]

हाम्रो टिम

प्रधान सम्पादक : प्रदीप चापागाँई

सल्लाहकार : राम लामा अविनाषि

संञ्चालक : अनिता चापागाँई (आचार्य)