मङ्लबार, साउन १२, २०८३
Mountain Khabar

Advertisment

SKIP THIS

रसुवागढी आयोजनामा निमार्ण समाग्रीको अभाब


  • माउन्टेन खबर
  • बुधबार, चैत्र २६, २०७६
  • 687
    SHARES
 रसुवाको गोसाँईकुण्ड गाँउपालिकाको थुमन र टिमुरेमा निमार्णधिन एक सय एघार मेघा वाटको रसुवागढी जलबिद्युत आयोजना निमार्ण समाग्रीको अभाबमा निमार्ण को काम प्रभाबित हुने भएको छ ।
कोरोना भाइरसको त्रास तथा यसको रोकथाम गर्न सरकारले मुलुक भर लकडाउन (बन्दबन्दी) गरे पनि निरञ्तर काम भईरहेको आयोजना सिमेन्ट अभाबका कारण निमार्णको काम रोकिने अबस्थामा पुगेको हो ।
पचास जना चीनीया कामदार तथा करिब चारसय जना नेपाली कामदारहरुले काम गरि रहेको आयोजनाको काममा दैनिक एक सय पचास टन सिमेन्ट खपत हुने गरेको आनयोजनाका प्रमुख छबी गैरेले बताउनु भयो ।
निमार्ण कार्यमा संलग्न निर्माण व्यवसायीले अन्य समाग्री मौजात रहे पनि सिमेन्ट नरहेकोले काम रोकिने अबस्थामा पुगेकोे जानकारी गराएको उहाँले बताउनुभयो ।
दुर्गम स्थानका आयोजना जहाँ स्थानीयको आउजाउ कम हुने वा बाहिरका व्यक्ति जान नदिने र भित्रकालाई त्यहीँ व्यवस्थापन गरेर काम गर्न सकिने बताए अनुसार नै आयोजनाको काम भएको आयोजना प्रमुख छवि गैरेले बताउनु भयो ।
कामदारको स्वाथ्य परिक्षणका लागि भने आयोजनाले स्थानीय निकाय तथा जिल्ला बिपत ब्यबस्थापन समिती सँग समन्वय गरि अगाडि बढने गरैले बताउनु भयो ।
चार वर्षको अवधिमा निर्माण कार्य सम्पन्न गरी राष्ट्रिय प्रसारणमा विद्युत् पठाउने लक्ष्यका साथ सन् २०१४ बाट निर्माण कार्य अगाडि बढेको आयोजना सामान ढुवानी गर्न राजमार्गहरूमा हुने पहिरो र भूकम्प र नाका बन्दीको असर जस्ता कारणले निर्माणमा ढिलाइ हुँदै आएकोमा निमार्ण समाग्रीको अभाबले काममा बाधा नपुग्ने गरि सरकारले विशेष सतर्कताका साथ ढुवानीकर्तालाई निगरानीमा राखेर आपूर्ति व्यवस्था मिलाई दिन अनुरोध गरिएको छ ।
निर्माण लागत १३ अर्ब ६१ करोड ४० लाख रुपैयाँ रहेको आयोजनाको सुरूङ भित्र पानी पठाउन बाहिरी सतहको भोटेकोशीमा एउटा बाँध रहने र विद्युत गृह, बालुवा थिग्ग्रयाउने पोखरी समेतका भूमिगत संरचना रहने छ । यो आयोजना बाट बार्षिक ६ सय १३ दशमलब ८७ गेगा वाट युनिट बिद्युत उत्पादन हुने छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको

माउण्टेन खबर प्रा.लि.
ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
फोन नम्वर : ९८५१०४०१०१
ईमेल: [email protected]

हाम्रो टिम

प्रधान सम्पादक: प्रदीप चापागाँई

सल्लाहकार : राम लामा अविनाषि

संञ्चालक : अनिता चापागाँई (आचार्य)