शुक्रबार, बैशाख १४, २०८१
Mountain Khabar

Advertisment

SKIP THIS

बलिउडकी चर्चित गायिका कनिकाविरुद्ध अदालतमा मुद्दा !


  • माउन्टेन खबर
  • बिहिबार, चैत्र २७, २०७६
  • 473
    SHARES

कोरोना संक्रमणबाट छुटकारा पाएकी बलिउडकी चर्चित गायिका कनिका कपुर अस्पतालबाट विदा हुनासाथ लफडामा परेकी छन् ।

उपचारपछि अस्पतालबाट सोमबार घर फर्किएकी उलले अदालतको लफडा भोग्नुपरेको छ । गायिकाविरुद्ध सार्वजनिक रूपमा कोरोना भाइरस फैल्याएको भन्दै अदालतमा मुद्दा परेको हो ।

आफूलाई कोरोना संक्रमण हुँदा पनि विदेशबाट आएको बेला होम क्वारेन्टाइनमा बस्नुको सट्टा कन्सर्ट गरेर रोग फैल्याएको आरोप उनीमाथि छ ।

अदालतले उनलाई हाजिर हुन पुर्जीसमेत काटिसकेको छ । अबको १४ दिनपछि अदालतमा हाजिर हुनुपर्ने पुर्जी आइसकेको भारतीय संचारमाध्यमहरुले जनाएका छन् ।

गृहनगर लखनउको पीजीआई अस्पतालमा उनले कोरोना संक्रमणको उपचार गराएकी थिइन । उनी अस्पताल भर्ना भएको १४ दिनपछि घर फर्किएकी थिइन ।

तर लन्डनबाट ९ मार्चमा भारत आएकी कनिकालाई २० मार्चमा कोरोना संक्रमण पुष्टि भएको थियो ।

योबीचमा उनीसँग हेलमेल भएका ६ सय जनाभन्दा बढी सेल्फ क्वारेन्टाइनमा बस्नुपरेको थियो ।

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको

माउण्टेन खबर प्रा.लि.
ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
फोन नम्वर : ९८५१२२७४०६
ईमेल: [email protected]

हाम्रो टिम

सल्लाहकार : राम लामा “अविनाशी”
संञ्चालक : अनिता चापागाँई
सम्पादक :  अच्युत  रेग्मी
सह सम्पादक : अनु आचार्य
सम्वाददाता : आषिश तामाङ
सम्वाददाता : सब्बु आचार्य
बजार व्यवस्थापक : क्रिशमान तामाङ

.ads img { margin-bottom: 15px; }