मङ्लबार, जेष्ठ ८, २०८१
Mountain Khabar

Advertisment

SKIP THIS

गण्डकी प्रदेशमा २५९ जनाको स्वाबको नमूना संकलन : कोरोना पोजिटिभ २, नेगेटिभ १३५


  • माउन्टेन खबर
  • शुक्रबार, चैत्र २८, २०७६
  • 452
    SHARES

गण्डकी प्रदेशमा कोरोना भाइरसको आशंकामा २५९ जनाको स्वाबको नमूना संकलन गरिएको छ । त्यसमध्ये १३७ ओटाको मात्र रिपोर्ट आएको छ । यसमध्ये अहिलेसम्म १३५ जनाको नेगेटिभ र दुई जनाको पोजिटिभ रिपोर्ट आएको छ ।
केही दिनअघि संघीय सरकारले पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान अन्तर्गतको पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा कोरोना भाइरसको

परीक्षण गर्ने पोर्टेबल आरटी पीसीआर मेशिन सञ्चालनमा आएपछि नमूना परीक्षण र उपचारका लागि बिरामीहरू आउन थालेका छन् ।
कोरोना भाइरसको संक्रमण फैलिएपछि विभिन्न देशबाट आएका व्यक्तिले तोकिएको क्वारेन्टाइन अवधि सकिएर घर गएपछि कास्कीका क्वारेन्टाइन खाली भएका छन् । विदेशबाट आएर १४ दिनसम्म क्वारेन्टाइनमा बस्दासमेत कोरोना भाइरसको कुनै लक्षण नदेखिएपछि उनीहरूलाई घर पठाइएको छ ।

कास्कीमा सरकारले बनाएको क्वारेन्टाइनमा बसेका ३६ जनालाई १४ दिनसम्म पनि कुनै पनि लक्षण नदेखिएपछि घर पठाइएको हो । कास्कीका विभिन्न स्थानमा होम क्वारेन्टाइनमा बसेकाहरूमा पनि लक्षण नदेखिएको गण्डकी प्रदेशका स्वास्थ्य निर्देशक डा. विनोदविन्दु शर्माले जानकारी दिए ।

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको

माउण्टेन खबर प्रा.लि.
ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
फोन नम्वर : ९८५१२२७४०६
ईमेल: [email protected]

हाम्रो टिम

सल्लाहकार : राम लामा “अविनाशी”
संञ्चालक : अनिता चापागाँई
सम्पादक :  अच्युत  रेग्मी
सह सम्पादक : अनु आचार्य
सम्वाददाता : आषिश तामाङ
सम्वाददाता : सब्बु आचार्य
बजार व्यवस्थापक : क्रिशमान तामाङ

.ads img { margin-bottom: 15px; }