मङ्लबार, बैशाख ११, २०८१
Mountain Khabar

Advertisment

SKIP THIS

कोरोना भाइरस अपडेट: हालसम्म १ लाख ८ हजारभन्दा बढिको मृत्यु


  • माउन्टेन खबर
  • आइतवार, चैत्र ३०, २०७६
  • 528
    SHARES

विश्वका अधिकांश देशमा फैलिएको कोरोना भइरसको संक्रमणका कारण मृत्यु हुनेको संख्या १ लाख ८हजार  नाघेको छ र यो क्रम बढिरहेको छ । यति बेला कोरोना भाइरसको महामारी सारा विश्वले नै झेलिरहेको छ । विश्वका लागि स्वास्थ्य चुनौती बनेको कोरोना भाइरसका कारण विश्वका एक चौथाइ मानिस घरिभत्रै बस्न बाध्य छन् । पछिल्लो अपढेट अनुसार भाइरस संक्रमणका कारण मृत्यु हुनेको संख्या १ लाख ८ हजार ८ सय ६७ जना पुगेको छ । विश्वभरमा १७ लाख ७८ हजार २ सय १० जना संक्रमित भएको पुष्टि भइकेको छ ।

संक्रमित मध्ये ४ लाख २ हजार २ सय ७२ जना उपचारपछि पूर्ण स्वस्थ भई घर फर्किएका छन् । उपचारमा रहेका करिब १५ लाखभन्दा बढीको स्वास्थ्य अवस्था खतरामुक्त नभएको विश्व स्वास्थ्य संगठनले जनाएको छ । विगत २४ घण्टामा मात्रै कोरोनाबाट ७९ हजार ३ सय २९ जना संक्रमित भएको विश्व स्वास्थ्य संगठनले जानकारी दिएको छ । एकैदिन विश्वभर गरी ६ हजार ६८ जनाको ज्यान गएको छ ।

कोरोना भाइरसबाट सयुक्त राज्य अमेरिका सबैभन्दा बढी संक्रमित भएको छ । अमेरिकामा अहिलेसम्म ५ लाख ३२ हजार ३२ जना संक्रमित भएका छन् । त्यस्तै २० हजार ५ सय ६२ जनाको संक्रमणबाट ज्यान गएको छ भने ३० हजार २ सय ९८ जना उपचारपछि पूर्ण स्वस्थ भएर घर फर्किएका छन् । यस्तै १० हजार ३ सय २० जना संघन रूपमा उपचार गराइरहेका विश्व स्वस्थ्य संगठनले जानाएको छ । अहिलेसम्म भाइरसको संक्रमणबाट सबैभन्दा बढी ज्यान ज्यान गुमाउनेमा अमेरिका पर्छ ।

कोरोना भाइरस संक्रमणका कारण ज्यान गुमाउनेमा इटली दोस्रोमा छ । अहिलेसम्म भाइरस संक्रमणबाट मृत्यु हुनेका संख्या १९ हजार ४ सय ६८ पुगेको छ भने ३० हजार ४ सय ४५ जना उपचारपछि पूर्ण स्वस्थ भई घर फर्किएका छन् । उपचारमा रहेका संक्रमित मध्ये ३ हजार ३ सय ८१ जनाको अवस्था गम्भीर रहेको जनाइएको छ । चीनमा ८१ हजार ९ सय ५३ जनामा संक्रमण देखिएकोमा ७७ हजार ५ सय २५ जना उपचारपछि पूर्ण स्वस्थ भइ घर फर्किएका छन् ।

३ हजार ३ सय ३९ जनाले ज्यान गुमाएको चीनमा १ सय ४१ जना अझै गम्भीर अवस्थामा रहेको जनाइएको छ । नेपालमा अहिलेसम्म ९ जनामा संक्रमण देखिएको छ । जसमा ८ जना विदेशबाट नेपाल भित्रिएका छन् भने एकजनामा नेपालमै संक्रमण देखिएको छ । १ जना पूर्ण स्वस्थ भइ घर फर्किएका छन् । ८ जनाको अस्प्तालमा उपचाररतछन् ।

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको
  • माउण्टेन खबर प्रा.लि.
    ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
    दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
    फोन नम्वर : ९८५१२२७४०६
    ईमेल: [email protected]

    हाम्रो टिम

    सल्लाहकार : राम लामा “अविनाशी”
    संञ्चालक : अनिता चापागाँई
    सम्पादक :  अच्युत  रेग्मी
    सह सम्पादक : अनु आचार्य
    सम्वाददाता : आषिश तामाङ
    सम्वाददाता : सब्बु आचार्य
    बजार व्यवस्थापक : क्रिशमान तामाङ

    .ads img { margin-bottom: 15px; }