शुक्रबार, भदौ २६, २०८३
Mountain Khabar

Advertisment

SKIP THIS

कोरोना संक्रमणबाट सबैभन्दा बढी नागरिक गुमाउने पहिलो देशअमेरिका, हाल सम्म २० हजार ५ सय ७७ जनाको मृत्यु


  • माउन्टेन खबर
  • आइतवार, चैत्र ३०, २०७६
  • 529
    SHARES

मानव शरीरको तहस नहस पार्ने कोरोना भाइरसले यतिबेला अमेरिकामा ठूलो बज्रपात परेको छ।अमेरिकामा कोरोना भाइरसबाट सबैभन्दा बढी नागरिक गुमाउने पहिलो देश बनेको छ। रोयटर्सका तथ्याङ्क अनुसार अमेरिकामा कोरोना महामारी अलि पछि सुरु भएको थियो तर पनि त्यहाँ अहिले २० हजार ५ सय भन्दा बढीको ज्यान गएको छ।

हालसम्म अमेरिकामा ५ लाख ३२ हजार ८ सय ७९ जनामा संक्रमण पुष्टि भएको छ। अमेरिकामा सबैभन्दा बढी संक्रमित न्यू योर्क राज्यमा भेटिएका छन्। त्यहाँ १ लाख ८० हजारबढी जनामा संक्रमण भेटिएको छ। पछिल्लो २४ घण्टामा त्यहाँ ७ सय ८३ जनाले संक्रमणबाट ज्यान गुमाएका छन्।

शनिबारसम्ममा (हिजो) अमेरिकाभर २ हजार जनाको संक्रमणका कारण मृत्यु भएको छ। संक्रमणबाट अमेरिकामा एकैदिन यति धेरै जनाको मृयु भएको यो पहिलोपटक हो। अहिले अमेरिकामा दैनिक जीवन संकट पूर्ण रहेको छ।

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको
  • माउण्टेन खबर प्रा.लि.
    ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
    दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
    फोन नम्वर : ९८५१०४०१०१
    ईमेल: [email protected]

    हाम्रो टिम

    प्रधान सम्पादक : प्रदीप चापागाँई

    सल्लाहकार : राम लामा अविनाषि

    संञ्चालक : अनिता चापागाँई (आचार्य)