मङ्लबार, साउन १२, २०८३
Mountain Khabar

Advertisment

SKIP THIS

थप तीन जनामा कोरोना संक्रमण नेपालमा कोरोना संक्रमितको संख्या १२ पुग्यो


  • माउन्टेन खबर
  • आइतवार, चैत्र ३०, २०७६
  • 532
    SHARES

नेपालमा कोरोना भाइरस (कोभिड—१९) संक्रमितको संख्या १२ पुगेको छ ।

क्वारेन्टाइनमा रहेका तीन जना व्यक्तिहरुको स्वाव परीक्षण गर्दा कोरोना संक्रमण पोजेटिभ देखिएको हो । यो सँगै नेपालमा कोरोना संक्रमितको संख्या १२ पुगेको छ । नयाँ संक्रमित ३७, ४४ र ५५ वर्षिय पुरुषहरुको वीरगञ्जमा रहेको नारायणी अस्पतालमा उपचार भइरहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले बताउनुभयो । पर्साको बिरगञ्ज महानगरपालिका, वडा न. २, छपकैया स्थित मस्जिदमा शंकास्पदरूपमा रहेका २१ जनाको परिक्षण गर्दा तीन जनामा पोजेटिभ देखिएको हो ।

राष्ट्रिय जनस्वास्वास्थ्य प्रयोगशालामा पछिल्लो २४ घण्टामा ६ सय २८ जनामा कोरोना भाइरसको नमुना परीक्षण गरिएको छ । नयाँ संक्रमण देखिएका व्यक्तिहरुको अवस्था सामान्य रहेको मन्त्रालयले जनाएको छ । नयाँ संक्रमण देखिएका व्यक्तिहरुको सम्पर्कमा आएकाहरुको कन्ट्याक्ट ट्रेसिङको काम अघि बढेको प्रवक्ता डा. देवकोटाले बताउनुभयो ।

सरकारले पछिल्लो समय परीक्षणको दायरा बढाएको छ । प्रवक्ता देवकोटाका अनुसार पछिल्लो २४ घण्टामा देशभरी ७ सय ९५ वटा नमुना परीक्षण गरिएको छ । उपत्यका बाहिर १ सय ६७ जनाको नमुना परीक्षण भएको छ । अहिलेसम्म उपत्यकामा ४ हजार २० र बाहिर १ हजार १ सय ६४ गरी ५ हजार १ सय ८४ जनाको नमुना परीक्षण गरिएको छ ।

आइतबारसम्म स्वाव परीक्षण पिसिआर विधि र ¥यापिड डाइग्नोस्टिक विधिबाट गरी ३ हजार ३ सय २१ जनाको गरी ८ हजार ८ सय ५ जनाको परीक्षण भएको छ । सबै प्रदेशका सबै जिल्लामा किट पुगिसेको उहाँले बताउनुभयो । अहिले ७ हजार ९ सय ७३ जना क्वारेन्टाइनमा रहेका छन् । उपत्यकामा १५ र उपत्यका बाहिर गरी ७० जना गरी ८५ जना आइसोलेसनमा रहेका छन् । यसअघि कैलालीमा ४, बागलुङ र राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा २—२ जना कोरोना कोरोना पोजेटिभ देखिएका व्यक्तिहरु उपचाररत रहेका छन् । एकजना उपचारपछि घर फर्किका छन् ।

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको

माउण्टेन खबर प्रा.लि.
ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
फोन नम्वर : ९८५१०४०१०१
ईमेल: [email protected]

हाम्रो टिम

प्रधान सम्पादक: प्रदीप चापागाँई

सल्लाहकार : राम लामा अविनाषि

संञ्चालक : अनिता चापागाँई (आचार्य)