कोरोना भाइरस कोभिड-नाइन्टिनको सङ्क्रमण र त्यसबाट मृत्यु हुनेको संख्या बढ्दै गएपछि अमेरिकामा देशभर आपतकालको घोषणा गरिएको छ ।
राष्ट्रपति डोनाल्ड ट्रम्पले सङ्क्रमण विरुद्ध लड्न सहजताका लागि आपतकालको स्थिति घोषणा गरिएको बताउनुभएको छ । यो घोषणा संगै प्रान्तिय राज्यहरुले आपतकालिन राहत कोष अन्तरगत ५ खर्व रुपैया सम्मको रकम परिचालन गर्न सक्नेछन् ।
यो संगै स्वास्थ्य सेवा सम्वन्धी केही प्रावधानहरुलाई पनि संशोधन गरिएको छ जसले गर्दा विरामीहरुको परीक्षण र सङ्क्रमण विरुद्ध लड्न सहजहुने राष्ट्रपति ट्रम्पले बताउनुभएको छ ।
कोरोनाको सङ्क्रमणबाट अमेरिकामा हालसम्म ४० जनाको मृत्यु भइसकेको छ भने १७ सय एक जनामा सङ्क्रमण पुष्टी भएको छ । त्यहाँ मानिसहरुको सामूहिक भेलाहुने कार्यक्रमहरुमा प्रतिवन्ध लगाइसकिएको छ भने विद्यालयहरु समेत बन्द गराइएको छ ।।
