विश्वकै सर्वाधिक धनी उद्योगपति एवम् कम्प्यूटर सफ्टवेयर निर्माता कम्पनी माइक्रोसफ्टका संस्थापक विल गेट्सले कम्पनीको सञ्चालक पद छोड्ने निर्णय गर्नुभएको छ ।
६५ बर्षिय विल गेट्सले बाँकी जीवन मानवीय सेवामा समर्पित गर्ने भन्दै अब आफू कम्पनीको सञ्चालक नरहने बताउनु भएको हो । उहाँले विश्वमा व्याप्त रहेको स्वास्थ्य, शिक्षा, विकास र जलवायू परिवर्तित समस्याको उपाय खोजीमा काम गर्ने बताउनुभएको छ ।
उहाँले विश्वकै अर्का धनाढ्य वारेन बफेटको कम्पनीको नाममा रहेको कम्पनीमा रहेको सञ्चालकको पद पनि छोड्ने हुनु भएको छ । सन् २००८ देखि माइक्रोसफ्ट कम्पनीको दैनिक कार्य सञ्चालन हेरिरहनु भएका विल गेट्स गत बर्ष विश्वकै दोस्रो सर्वाधिक धनी व्यक्ति हुनु भएको फोर्ब्स नामक पत्रिकाले उल्लेख गरेको थियो ।
उहाँको नाममा १०३ दशमलव ६ अर्व अमेरिकी डलर करिव ११० खर्व नेपाली नेपाली रुपैया सम्पत्ति रहेको बताइएको छ । उहाँले विल एण्ड मेलेण्डा नामक संस्था मार्फत सामाजिक सेवाको क्षेत्रमा काम गरिरहनुभएको छ ।।
