मङ्लबार, साउन १२, २०८३
Mountain Khabar

Advertisment

SKIP THIS

स्वास्थ्यमन्त्री ढकालको आग्रह : देशलाई महामारीबाट बचाऔं


  • माउन्टेन खबर
  • सोमवार, बैशाख १, २०७७
  • 593
    SHARES

स्वास्थ्य तथा जनसंख्यामन्त्री भानुभक्त ढकालले देशलाई कोरोनाको महामारीबाट बचाउनु प्रमुख दायित्व भएको बताएका छन् । सोमबार नयाँ वर्ष २०७७ को अवसरमा शुभकामना सन्देश दिँदै उनले सो कुरा उल्लेख गरेका हुन् ।

मन्त्री ढकालले कोरोना भाइरसको महामारीविरुद्ध अग्रपंक्तिमा रहने चिकित्सक र स्वास्थ्यकर्मीको स्वास्थ्य सुरक्षाको प्रत्याभूति सरकारले गर्ने बताएका छन् । ‘उहाँहरुको स्वास्थ्यको प्रत्याभूति गराउन सरकार अत्यन्त सचेत छ’ मन्त्री ढकालले भनेका छन् ‘व्यक्तिगत सुरक्षा सामग्रीलगायत सुरक्षा सामग्री यथेस्ट मात्रामा पुर्याउन लागिपरेका छौं ।’

ढकालले कोरोना भाइरसको उपचारका लागि आवश्यक स्वास्थ्य सामग्रीको विश्वब्यापी अभाव रहेकाले आफूसँग भएका साधनको दुरुपयोग गर्नबाट रोकी अधिकतम सदुपयोग गर्नुपर्ने बताए ।

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको

माउण्टेन खबर प्रा.लि.
ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
फोन नम्वर : ९८५१०४०१०१
ईमेल: [email protected]

हाम्रो टिम

प्रधान सम्पादक: प्रदीप चापागाँई

सल्लाहकार : राम लामा अविनाषि

संञ्चालक : अनिता चापागाँई (आचार्य)