बिहिबार, भदौ २५, २०८३
Mountain Khabar

Advertisment

SKIP THIS

अलपत्र परेका मजदुरहरुलाई घरमा लैजाने व्यवस्था सरकारले मिलाउनु पर्छ : प्रवक्ता श्रेष्ठ


  • माउन्टेन खबर
  • शुक्रबार, बैशाख ५, २०७७
  • 672
    SHARES

नेपाल कम्युनिष्ट पार्टी नेकपाका प्रवक्ता नारायणकाजी श्रेष्ठले पैदल यात्रामा निस्केकाहरूलाई घरमा लैजाने व्यवस्था मिलाउनुपर्ने बताएका छन्। शुक्रबार ट्वीट गर्दै प्रवक्ता श्रेष्ठले सो कुरा उल्लेख गरेका हुन् ।

लकडाउनको अवस्थामा घर जान पैदल यात्रामा निस्किसक्नु भएकाहरूको दुस्ख व्यथा सहजै अनुभूत गर्न सकिन्छ,’ श्रेष्ठले भनेका छन्, ‘उहाँहरूलाई सम्बन्धित स्थानीय सरकारले सम्पर्क गरी सहज ढंगले घरमा लैजाने व्यवस्था गर्नुहोला।’

अबदेखि कोही पनि आफू बस्ने गरेको ठाउँबाट ननिस्कन उनले आग्रह गरेका छन्। लकडाउन कडाइपूर्वक पालना गरी स्वःक्वारेन्टाइनमा बस्नुपर्ने श्रेष्ठको भनाइ छ।

‘सरकारले घरभाडा र खानाको समस्या परेकाहरूको समस्या समाधान तुरून्त गरौं,’ उनले भनेका छन्, ‘सम्बन्धित व्यक्तिको घरमा रहेको परिवारसमेत उसको आम्दानीबाट मात्र बाँच्न सक्ने स्थिति हो भने त्यो पनि हल गरौं।’

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको
  • माउण्टेन खबर प्रा.लि.
    ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
    दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
    फोन नम्वर : ९८५१०४०१०१
    ईमेल: [email protected]

    हाम्रो टिम

    प्रधान सम्पादक : प्रदीप चापागाँई

    सल्लाहकार : राम लामा अविनाषि

    संञ्चालक : अनिता चापागाँई (आचार्य)