शुक्रबार, भदौ २६, २०८३
Mountain Khabar

Advertisment

SKIP THIS

स्थानीय पूर्वाधार साझेदारी कार्यक्रमको रकम कोरोना भाइरस नियन्त्रणको लागि प्रयोग गर्ने विषय मान्य नहुने उप प्रधानमन्त्री पोखरेलको भनाई


  • माउन्टेन खबर
  • शुक्रबार, बैशाख ५, २०७७
  • 880
    SHARES

उपप्रधानमन्त्री एवं रक्षा मन्त्री इश्वर पोखरेलले स्थानीय क्षेत्र पूर्वाधार विकास कार्यक्रम कानूनको रुपमा आइसकेकाले कसैले पनि हटाउन नसक्ने बताए।  हरेक निकायले आफ्नो नियमित जिम्मेवारी के हो भन्ने कुरा नबुझ्दा यस्तो कुरा निस्किएको भन्दै उनले  ‘त्यो त संसदको रेगुलर बिजनेसका एजेण्डाहरुमा छलफल गर्ने होला अनि कार्यपालिकालाई हरेक मान्छेले हरेक ठाउँले हरेक पदले ओहदाले आफ्नो परिभाषित काम के हो जिम्मेवारी के हो भन्ने कुरा बुझ्नु पर्छ की पर्दैन  भनि प्रश्न गरे।

निर्वाचन क्षेत्र पूर्वाधार विकास कार्यक्रम संसदले  पास गरेको नीति कार्यक्रम बजेटबाट पास भएर आएकाले एउटा आदेशले यस्तो गर र त्यस्तो गर भन्न नमिल्ने बताए।सांसदहरुले स्थानीय पूर्वाधार साझेदारी कार्यक्रमको रकम कोरोना भाइरस नियन्त्रणको लागि प्रयोग गर्न नहुने भन्दै सरकारको ध्यानाकर्षण गराएका छन् ।

नेकपाकै केही सांसदले शुक्रबार सिंहदरबारमा उपप्रधानमन्त्री एवं रक्षा मन्त्री इश्वर पोखरेललाई भेटेर स्थानीय पूर्वाधार साझेदारी कार्यक्रमको रकम स्थागित गरी कोरोना भाइरस नियन्त्रणका लागि खर्च गर्ने कुरा उठेको भन्दै ध्यानाकर्षण गराएका थिए। कार्यक्रममा नेपाल कम्युनिष्ट पार्टी (नेकपा) बाग्लुङ क्षेत्र नम्बर २ बाट प्रतिनिधि सभामा निर्वाचित सांसद देवेन्द्र पौडेलले स्थानीय पूर्वाधार विकास कार्यक्रम कुनै सांसद विकास कार्यक्रम नभएकाले यसको रकम चलाउन नहुने भन्दै सरकारको ध्यानाकर्षण गराए थिए।

उक्त कार्यक्रम मार्फत आयोजनाहरु कार्यान्वयनमा आइसकेको अवस्थामा त्यसलाई स्थगन गरेर जाने कुरा उठ्नु उचित नहुने भन्दै उनले कार्यक्रमलाई अधुरो राखेर बेवारिसे अवस्थामा राख्न नहुने बताए ।

 

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको
  • माउण्टेन खबर प्रा.लि.
    ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
    दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
    फोन नम्वर : ९८५१०४०१०१
    ईमेल: [email protected]

    हाम्रो टिम

    प्रधान सम्पादक : प्रदीप चापागाँई

    सल्लाहकार : राम लामा अविनाषि

    संञ्चालक : अनिता चापागाँई (आचार्य)