शुक्रबार, बैशाख १४, २०८१
Mountain Khabar

Advertisment

SKIP THIS

कोरोना भाइरस बीमालेख आइतबारबाट सुरु


  • माउन्टेन खबर
  • आइतवार, बैशाख ७, २०७७
  • 597
    SHARES

 

बीमा समितिले कोरोना भाइरस (कोभिड–१९) सम्बन्धी बीमालेख आइतबारदेखि औपचारिक रुपमा शुरु भएको छ ।

बीमा समितिका अध्यक्ष चिरन्जीबी चापागाईंले आइतबार कोरोना भाइरस (कोभिड–१९) रोग सम्बन्धी पहिलो बीमालेख खरिद गरी औपचारीक सुरुवात गरे । अध्यक्ष चापागाईंले कोरोना भाइरस महामारीको रुपमा आएको र सानो रकमबाट भएपनि संक्रमणमा परेका व्यक्तिलाई आर्थिक सहयोग होस भन्ने उद्देश्यले बीमालेख जारी गरिएको जानकारी दिए ।

कोरोना भाइरस संक्रमण पछिको उपचार सरकारले गर्ने भएपनि संक्रमित व्यक्तिको आर्थिक स्थितिलाई ध्यान दिएर बीमा लेख जारी गरिएको उनले बताए । कुनैपनि नेपाली नगारिक, परिवार एवं संस्थाले आफ्ना सदस्यहरुको व्यक्तिगत वा समुहिक बीमा गर्न सक्ने अध्यक्ष चापागाईंले बताए। उनले लकडाउनको अवस्थामा पनि सजिलै पोलिसी खरिद गर्न सकिने जानकारी दिए ।

पोलिसी खरिदका लागि मेडिकल र वित्तीय अण्डरराइटिङको आवश्यकता नपर्ने भएकाले पनि अनलाइनमार्फत खरिद गर्न सकिने अध्यक्ष चापागाईले जानकारी दिए ।  इन्टरनेटको पहुँच नभएको ठाउँमा समेत निर्जीवन बीमा कम्पनीहरुले काम गर्दै आएका कृषि बीमा तथा घुम्ती बीमामार्फत बीमा विक्री गर्ने व्यवस्था मिलाइएको अध्यक्ष चापागाईंले जानकारी दिए ।

बीमा पोलिसी खरिद गरेको १५ दिन पछि एक वर्षसम्म पीसीआर प्रविधिबाट कोरोना भाइरस संक्रमण भएको प्रभाणित भएमा बीमा दाबी गर्न सकिने अध्यक्ष चापागाईंले जानकारी दिए ।यस्तै कोरोना भाइरस (कोभिड–१९) बीमा बीमालेख घातक रोग सरह भएको समेत बताए ।  बीमालेखलाई दुई श्रेणीको बीमाङ्कमा कायम गरिएको जानकारी दिदै अघ्यक्ष चापागाईंले पहिलो बीमालेख १ लाख रुपैयाँको बीमाङ्कको छ भने उक्त पोलिसि खरिद गर्नका लागि प्रतिव्यक्ति १ हजार रुपैयाँ लाग्ने जानकारी दिए ।

यस्तै पारिवार वा संस्थागत रुपमा बीमा गरिन्छ भने प्रतिव्यक्ति ६ सय रुपैयाँ लाग्ने छ । यस्तै दोस्रो बीमालेख ५० हजार रुपैयाँको छ । उक्त बीमालेख खरिद गर्न प्रतिव्यक्ति ५ सय रुपैयाँ र परिवार वा संस्थाको सम्पूर्ण सदस्यको सामुहिक बीमा गर्न प्रतिव्यक्ति ३ सय रुपैयाँ लाग्ने छ । बीमा दाबीका लागि बीमा सुरु भएको १५ दिनसम्म प्रतिक्षा अवधि रहेको छ ।

यस बीमालेखको व्यवस्थापन लघुबीमा अन्तर्गत मौजुदा लघु बीमा पुलमार्फत हुने छ । यस्तै बीमालेख सबै निर्जीबन बीमा कम्पनीको वेबसाइट मार्फत तथा आइएमई पे मार्फत सिधै खरिद गर्न सकिने छ । नेपालमा रहेका २० वटा निर्जीवन बीमा कम्पनीको ८० प्रतिशत र नेपाल पुनर्बीमा कम्पनीको २० प्रतिशत दायित्व हुने गरी बीमा पुल मार्फत पोलिसी सञ्चालन गरिएको अध्यक्ष चापागाईंले जानकारी दिए ।

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको

माउण्टेन खबर प्रा.लि.
ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
फोन नम्वर : ९८५१२२७४०६
ईमेल: [email protected]

हाम्रो टिम

सल्लाहकार : राम लामा “अविनाशी”
संञ्चालक : अनिता चापागाँई
सम्पादक :  अच्युत  रेग्मी
सह सम्पादक : अनु आचार्य
सम्वाददाता : आषिश तामाङ
सम्वाददाता : सब्बु आचार्य
बजार व्यवस्थापक : क्रिशमान तामाङ

.ads img { margin-bottom: 15px; }