बुधबार, जेष्ठ २, २०८१
Mountain Khabar

Advertisment

SKIP THIS

कोरोना प्रभाव : होटल र रेष्टुरेन्टका कर्मचारीको व्यवस्थापनमा सकस


  • माउन्टेन खबर
  • आइतवार, बैशाख ७, २०७७
  • 485
    SHARES

काठमाडौं । कोरोना भाइरस(कोभिड–१९)को प्रभावपछि समस्याग्रस्त होटल र रेष्टुरेन्टहरु बन्द भएपछि कार्यरत कर्मचारीको व्यवस्थापन कसरी गर्ने भन्ने विषयमा टुंगो लाग्न सकेको छैन ।

भाइरसको प्रभाव दैनिक रुपमा बढिरहेको बेला होटल सञ्चालक र रेष्टुरेन्ट सञ्चालकहरुलाई भने आफ्ना कर्मचारीको व्यवस्थापन कसरी गर्ने भन्ने विषय जटिल बन्दै गएको छ ।

सरकारी निर्णय अनुसार चैत महिनाको तलब जसोतसो कर्मचारीलाई दिएपनि  आगामी दिनमा कसरी अगाडी बढ्ने भन्ने विषयमा व्यवसायीहरुले छलफल अगाडी बढाइरहेका छन् ।

होटल एशोसिएसन अफ नेपाल (हान)का महासचिव साजन शाक्यले भाइरसको प्रभावले तत्कालै होटल सञ्चालन गर्नसक्ने अवस्था नरहेकोले बाँकी समयमा कर्मचारी व्यवस्थापन जटिल बनेको बताए ।

‘विश्वभर कोरोनाको प्रभाव छ, पर्यटकीय गतिविधि बढ्न अझै ६ महिना लाग्न सक्छ,त्यो अवधिभर कर्मचारीलाई कसरी तलब खुवाउने’ महासचिव शाक्यले भने ‘यहि विषयमा सञ्चालक र कर्मचारीबीच छलफल भइरहेको छ,तर निर्णयमा पुगिसकेको छैन । होटलमा व्यापार छैन भनेर कर्मचारीलाई विदाई गरिहाल्न पनि मिलेको छैन,तिनीहरुको पनि घरपरिवार पाल्न सकस हुन्छ,हामी यी विषयमा बृहत छलफल गरिरहेका छौं ।’

रेष्टुरेन्ट एण्ड बार(रेबान)का अध्यक्ष अरनिको राजभण्डारीले कर्मचारीको व्यवस्थापनका लागि छलफल भइरहेको जानकारी दिए । ‘एकातिर रेष्टुरेन्ट सञ्चालकहरु समस्यामा छन् भने त्यो भन्दा ठूलो त्यहाँ कार्यरत कर्मचारीहरु छन्’ अध्यक्ष राजभण्डारीले भने ‘उनीहरुको उचित व्यवस्थापनका लागि विज्ञहरुसँग समेत छलफल अगाडी बढाएका छौं ।’ अहिले कर्मचारी व्यवस्थापन,घरबाहल कर र व्यवसायलाई कसरी टिकाउने भन्ने मुल विषयमा व्यवसायीहरु माझ छलफल भइरहेको उनले बताए ।

अहिले कतिपय रेष्टुरेन्ट सञ्चालकहरु घरबाहल कर तिर्न सक्ने अवस्थामा नरहेको बेला कर्मचारीलाई तलब खुवाउन निकै समस्या भएको उनको भनाई छ । सोहि कारण सरकारी स्तरबाट पर्यटन क्षेत्रमा विषेश प्याकेज आउनुपर्ने उनको माग छ  ।

यता संस्कृती, पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराईले पर्यटन क्षेत्र सबैभन्दा बढि मारमा परेकोले त्यसमा  कार्यरत कर्मचारीलाई बैकल्पिक रोजगारीका लागि राष्ट्रिय गौरबका आयोजनामा लगाउने प्रस्ताव अगाडी सारेका छन् । उनको यो प्रस्तावलाई पर्यटन व्यवसायीहरुले आफ्ना कर्मचारीहरुसँग छलफललाई अगाडी बढाएका छन् । तर, पर्यटन क्षेत्रमा कार्यरत कर्मचारीहरु आ आफ्नो क्षेत्रमा दक्ष भएको र निर्माणको क्षेत्रमा जादा उनिहरुलाई समस्या पर्ने भएकोले यसलाई सकरात्मक प्रस्तावका रुपमा लिन नसक्ने व्यवसायीहरुले बताउदै आएका छन् ।

उनिहरुले इच्छुक कर्मचारीहरुलाई त्यस तर्फ पठाउने र आवश्यकता अनुसार फिर्ता बोलाउने केहि व्यवसायीको तयारी छ । मन्त्री भट्टराईले पनि विभिन्न परियोजनाहरु सञ्चालन गर्न लागिएको र त्यसमा क्षमता अनुसार लगाउने तयारी रहेको बताएका छन् । पर्यटन मन्त्रालयले हिमाल सरसफाई देखी नयाँ ट्रेकिङ रुटहरु निर्माण गर्ने तयारी गरेको छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको

माउण्टेन खबर प्रा.लि.
ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
फोन नम्वर : ९८५१२२७४०६
ईमेल: [email protected]

हाम्रो टिम

सल्लाहकार : राम लामा “अविनाशी”
संञ्चालक : अनिता चापागाँई
सम्पादक :  अच्युत  रेग्मी
सह सम्पादक : अनु आचार्य
सम्वाददाता : आषिश तामाङ
सम्वाददाता : सब्बु आचार्य
बजार व्यवस्थापक : क्रिशमान तामाङ

.ads img { margin-bottom: 15px; }