
काठमाडौं । रुसका एरोफल्ट एयरलाइन्सले सोमबार चार्टर फ्लाइट मार्फत आफ्ना नागरिकहरु लैजाने भएको छ ।
कोरोना भाइरसको संक्रमण बढेसँगै गरिएको लकडाउनका कारण रोकिएका मस्कोका नागरिक लिन सोमबार रोयल फ्लाइट एयरलाइन्सको ७५७ जहाज काठमाडौं आउदै छ ।
नेपाल नागरिक उड्डयन प्राधिकरणका अनुसार काठमाडौंमा रहेको १४३ जना नागरिक लिन मस्कोबाट एरोफल्टले चार्टर उडान गर्न लागेको हो ।
एरोफल्ट विमान आजै त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गर्ने र आजै मस्को फर्कने छ ।