बिहिबार, चैत्र १५, २०८०
Mountain Khabar

Advertisment

SKIP THIS

लकडाउनमा पनि खोप सञ्चालन


  • माउन्टेन खबर
  • बुधबार, बैशाख १०, २०७७
  • 859
    SHARES

काडमाडौंको पिङ्गलास्थान स्थित रामघाट प्राथमिक स्वास्थ्य केन्द्रले लकडाउनको अवस्थामा पनि खोप तालिका अनुसारको खोप कार्यक्रमलाई निरन्तरता दिएको छ ।

प्रत्येक बुधबारको दिन नियमित रुपमा लागाउँदै आएको खोप कोरोना भाइरसको संक्रमणको रोकथामका लागि सरकारले लकडाउन गरेपछि रोकिएको थियो । तर अहिले स्वास्थ्य केन्द्रले सुरक्षाका प्रबन्धहरु मिलाएर नियमित खोपलाई फेरी निरन्तरता दिएको हो । स्वास्थ्य केन्द्रकी जनस्वास्थ्य निरिक्षक रञ्जना कुमारी साहले लकडाउनको समय र कोरोनाको संक्रमणको जोखिम भएको अवस्थामा संक्रमण नहोस भन्ने विषयलाई ध्यान दिदै खोप कार्यक्रम सञ्चालन गरिएको बताउनुभयो । उहाँले संक्रमण हुन नदिन सामाजिक दुरी कायम गरिएको र स्वास्थ्य उपकरण सामग्रीहरुको प्रयोगमा समेत सचेतना अपनाइएको बताउनुभयो । आज बुधबार मात्रै ३४ जना बालबालिकालाई खोप दिइएको उहाँले बताउनुभयो ।

राष्ट्रिय खोप तालिका अनुसार शिशु जन्मने वित्तीकै बिसिजी, ६ हप्ता र १० हप्तामा डिपिटी, हेपटाइटिस बि–हिब, पोलियो र पिसिभी, १४ हप्तामा डिपिटी, हेपटाइटिस बि–हिब, पोलियो र आइपिभीको खोप लगाउनु पर्छ । यस्तै बच्चा जन्मेको ९ महिनामा पिसिभी, दादुरा रुबेला, १२ महिनामा जापनिज इन्सेफलाइटीस र १५ महिनामा दादुरा रुबेलाको खोप लगाउनुपर्ने खोप तालिका रहेको छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको

माउण्टेन खबर प्रा.लि.
ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
फोन नम्वर : ९८५१२२७४०६
ईमेल: [email protected]

हाम्रो टिम

सल्लाहकार : राम लामा “अविनाशी”
संञ्चालक : अनिता चापागाँई
सम्पादक :  अच्युत  रेग्मी
सह सम्पादक : अनु आचार्य
सम्वाददाता : आषिश तामाङ
सम्वाददाता : सब्बु आचार्य
बजार व्यवस्थापक : क्रिशमान तामाङ

.ads img { margin-bottom: 15px; }