शनिबार, साउन १६, २०८३
Mountain Khabar

Advertisment

SKIP THIS

अध्यादेश फिर्तापछि ओली देउवा छलफल


  • माउन्टेन खबर
  • शुक्रबार, बैशाख १२, २०७७
  • 750
    SHARES

काठमाडौँ । बिवादास्पद दुई अध्यादेश फिर्ता लिने निर्णय गरे लगत्तै प्रधानमन्त्री केपी शर्मा ओलीले प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति तथा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवासँग छलफल गरेका छन् । पछिल्लो बिकसित राजनीतिक घटनाक्रमका बारेमा छलफल गर्न प्रधानमन्त्री ओलीलले देउवालाई बालुवाटार बोलाएका थिए । प्रमुख प्रतिपक्ष नेपाली काग्रेस सरकार प्रति आक्रामक हुदै गएको अबस्थामा प्रंधानमन्त्री ओली र प्रमुख प्रतिपक्ष दलका नेता देउवाबीच छलफल भएको हो ।

दुई अध्यादेश फिर्ता लिन, सांसादलाई अपहरण गरेको भनिएको घटनाका बारेमा छानबिन गर्न, तथा कोरोनाका कारण प्रभाबित भएकाहरुलाई राहत बितरणमा दलीय आधारमा बिभेद भएको भन्दै काग्रेसले सर्बदलिय संयन्त्रको माग गर्दे आई रहेको अबस्थामा दुईशिर्ष नेताबीच भेटवार्ता भएको हो ।

यसअघिको संवैधानिक परिषदसम्बन्धी अध्यादेश जारी गर्नुपर्ने कारणमा प्रधानमन्त्रीले नै प्रमुख विपक्षी काँग्रेसले नियुक्तिहरु अड्काएको आरोप लगाएका थिए । आजको भेटवार्ताका क्रममा यस विषयमा पनि छलफल भएको अनुमान गरिएको छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको

माउण्टेन खबर प्रा.लि.
ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
फोन नम्वर : ९८५१०४०१०१
ईमेल: [email protected]

हाम्रो टिम

प्रधान सम्पादक: प्रदीप चापागाँई

सल्लाहकार : राम लामा अविनाषि

संञ्चालक : अनिता चापागाँई (आचार्य)