शुक्रबार, चैत्र १६, २०८०
Mountain Khabar

Advertisment

SKIP THIS

कोरोना परिक्षणलाई सहजिकरण गर्न स्थानिय निकायमा टोली खटाउने सरकारको निर्णय


  • माउन्टेन खबर
  • शुक्रबार, बैशाख १२, २०७७
  • 551
    SHARES

कोरोना भाइरस रोकथाम तथा नियन्त्रणका लागि ट्रेसिङ र टेस्टिङ कार्यमा सहजिकरण गर्न भन्दै सरकारले स्थानीय निकायमा खटाउने गरी टोली गठन गरेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आयोजना गरेको नियमित पत्रकार सम्मेलनमा मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले स्थानीय तहमा हुने ट्रेसिङ तथा टेस्टिङ कार्यमा सहजिकरण गर्न तीन सदस्यीय स्वास्थ्यकर्मीहरुको समूह गठन गरिएको बताउनुभयो । उहाँले हरेक स्थानीय तहमा खटाउने गरी समूह गठन गरिएको बताउनुभयो । उक्त समूहमा जनस्वास्थ्य अधिकृत, ल्याब प्रयोगशालाको कर्मचारी, प्यारामेडिक्स वा नर्स एक÷एक जना रहने छन् । हरेक गाउँपालिकामा एक समूह, नगरपालिकामा २ समूह, उपमहानगरपालिकामा ३ समूह र महानगरपालिकामा ५ वटा समूहका दरले खटाइने समेत उहाँले बताउनुभयो । प्रवक्ता देवकोटाले समूह बनाउँदा स्थानीय स्वास्थ्यकर्मी एवं जनशक्तिलाई नै प्राथमिकता दिइने समेत बताउनुभयो ।

यस्तै प्रवक्ता देवकोटाले शुक्रबार कोरोना भाइरस संक्रमण भएका कुनैपनि नयाँ बिरामी नथपिएको बताउनुभयो । उहाँले प्रदेश नम्बर एकमा परीक्षणको दायरालाई बढाइएपनि नयाँ संक्रमण फेला नपरेको बताउनुभयो । यद्यपी उदयपुरबाट ७८ जनाको स्वाब नमुना संकलन गरी कोशि अस्पतालमा पठाइएको उहाँले बताउनुभयो ।

प्रदेश २ का ८ वटै जिल्लाका २७ स्थानहरुमा १५ सय भन्दा बढी स्वाब नमुना संकलन गर्ने उद्देश्य सहित टोली परिचालन गरिएको उहाँले बताउनुभयो । टोलीमा स्वास्थ्य सेवा विभाग, नेपाली सेना लगायतका स्वास्थ्यकर्मी र प्रयोगशालाका प्राविधिकहरुको टोली आजै परिचालन गरिएको उहाँले बताउनुभयो ।

अहिलेसम्म पीसीआर प्रविधिबाट ९ हजार ४ सय ७ जनाको परीक्षण भएको छ । यस्तै आरडिटी विधिबाट ३८ हजार ८९ परिक्षण गरिएको छ । यससँगै कोरोना भाइरस परीक्षण गरिएको कुल संख्या ४७ हजार ४ सय ९६ पुगेको प्रवक्ता देवकोटाले बताउनुभयो । पछिल्लो २४ घण्टामा ३ हजार ७ सय ९१ नयाँ परीक्षण भएको समेत उहाँले बताउनुभयो ।

प्रदेश नम्बर १ मा अहिले सम्म ३ हजार ९ सय २९, प्रदेश २ मा ४ हजार ९ सय ७७, बागमती प्रदेशमा ७ हजार १ सय ४३, गण्डकी प्रदेशमा ४ हजार ७ सय ८३, प्रदेश ५ मा २ हजार ८ सय ७४, कर्णाली प्रदेशमा ४ हजार ८ सय ७० र सूदुरपश्चिम प्रदेशमा ९ हजार ५ सय १३ परीक्षण भएको प्रवक्ता देवकोटाले बताउनुभयो । उहाँले अहिलेसम्म देशभर १२ हजार ९ सय ८५ जना व्यक्तिरु क्वारेन्टाइनमा रहेको बताउनुभयो । यस्तै काठमाडौं उपत्यकामा ३ र उपत्यकाबाहिर ८६ गरी कुल ८९ जना आइसोलेसनमा रहेको समेत उहाँले बताउनुभयो ।

अहिले सम्म कुल संक्रमित ४८ जना छन भने १० जना निको भएर घर फर्किइसकेका छन् ।

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको

माउण्टेन खबर प्रा.लि.
ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
फोन नम्वर : ९८५१२२७४०६
ईमेल: [email protected]

हाम्रो टिम

सल्लाहकार : राम लामा “अविनाशी”
संञ्चालक : अनिता चापागाँई
सम्पादक :  अच्युत  रेग्मी
सह सम्पादक : अनु आचार्य
सम्वाददाता : आषिश तामाङ
सम्वाददाता : सब्बु आचार्य
बजार व्यवस्थापक : क्रिशमान तामाङ

.ads img { margin-bottom: 15px; }