शनिबार, साउन १६, २०८३
Mountain Khabar

Advertisment

SKIP THIS

अध्यादेश फिर्ता लिएर सरकारले गल्ती सच्यायो, अब सांसद अपहरण गर्नेलाई कार्वाही हुनु पर्छ :नेपाली काँग्रेस


  • माउन्टेन खबर
  • शनिबार, बैशाख १३, २०७७
  • 612
    SHARES

काठमाडौं। सरकारले अध्यादेश फिर्ता गरेर गल्ति सच्याएको प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले प्रतिक्रिया दिएका छन । सरकारले सोमाबर संवैधानिक व्यवस्था विपरित संवैधानिक परिषद र राजनैतिक दल सम्वन्धी दुई अध्यादेश ल्याएपछि कांग्रेसले फिर्ता लिन माग गरेको थियो ।

केन्द्रीय प्रचार विभागका संयोजक समेत रहेका शर्माले शुक्रबार ट्वीटरमार्फत अपहरण शैलीमा सांसद उठाउने कार्यामा संलग्नलाई कार्वाहीको माग गरेका छन । शर्माले सम्पूर्ण ध्यान र शक्ति कोरोना विरुद्धको संघर्षमा केन्द्रित गरेर नागरिकको जीवन जोगाउन प्रधानमन्त्री ओलीलाई सुझाव दिदै भनेका छन अध्यादेश फिर्ता लिएर सरकारले गल्ती सच्यायो,अब अपहरण शैलीमा सांसद उठाउने कर्ममा संलग्नलाई कार्वाहीको प्रतीक्षामा छ देश !

प्रधानमन्त्रीजिलाई जनताको तर्फबाट आग्रह छ अब सम्पुर्ण ध्यान र शक्ति कोरोना विरुद्धको संघर्षमा केन्द्रित गरौं पहिले नागरिकको जीवन जोगाऔं फुर्सदमा राजनैतिक विवाद गरौंला ।

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको
  • माउण्टेन खबर प्रा.लि.
    ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
    दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
    फोन नम्वर : ९८५१०४०१०१
    ईमेल: [email protected]

    हाम्रो टिम

    प्रधान सम्पादक: प्रदीप चापागाँई

    सल्लाहकार : राम लामा अविनाषि

    संञ्चालक : अनिता चापागाँई (आचार्य)