शुक्रबार, चैत्र १६, २०८०
Mountain Khabar

Advertisment

SKIP THIS

श्वास–प्रश्वासका बिरामीलाई कोरोनाको कति जोखिम ?


  • माउन्टेन खबर
  • आइतवार, बैशाख १४, २०७७
  • 621
    SHARES

विश्व स्वास्थ्य संगठन (डब्लुएचओ)का अनुसार सामान्यतया मधुमेह, मुटुरोग, फोक्सोमा समस्या भएका व्यक्तिसँगै अन्य विभिन्न दीर्घरोगी कोरोना भाइरस (कोभिड–१९)को संक्रमणबाट बढी प्रभावित भएका छन् । संक्रमणबाट मृत्यु हुनेमध्येमा दम तथा श्वास–प्रश्वासका बिरामीको संख्या तुलनात्मक रूपमा बढी छ ।

कारण:सिओपिडी अर्थात् श्वास–प्रश्वाससम्बन्धी समस्या भएका बिरामी कोरोना संक्रमणबाट छिटो प्रभावित हुन्छन् । दम, ब्रोन्काइटिस र अन्य सिओपिडी समस्या भएका व्यक्तिमा रोगका कारण फोक्सो पहिलेदेखि नै कमजोर हुने गर्छ । यस्ता बिरामीमा संक्रमण भएमा श्वासनली र फोक्सोसँग भाइरसविरुद्ध लड्ने क्षमता कमजोर हुन्छ । फलस्वरूप फोक्सोले काम गर्न छोड्छ ।

रोग नियन्त्रण तथा रोकथाम केन्द्र (सिडिसी)का अनुसार, दमका रोगीमा फोक्सो सुन्निने तथा शरीरमा पर्याप्त मात्रामा अक्सिजन पठाउन असमर्थ हुने हुन्छ । यस्तो अवस्थामा कोभिड–१९ को संक्रमण भएमा एकदमै छोटो समयमा फोक्सोले काम गर्न नसक्ने हुन्छ । दम मात्र नभई अन्य रोग जस्तै, क्रोनिक पल्मोनरी वा क्रोनिक ब्रोन्काइटिसका बिरामीमा सिभियर अर्थात् निमोनिया हुने सम्भावना हुन्छ । श्वास–प्रश्वासका बिरामीमा प्रतिरोधी क्षमता कम हुने भएकाले सचेत रहन आवश्यक हुन्छ ।

रोकथामका उपाय:श्वास–प्रश्वास सहज बनाउन तथा दमका लक्षण रोक्न ओरल स्टेरोइड्सलगायत औषधि प्रयोग गरिन्छ । तर, यस्ता औषधि प्रतिरोधी क्षमता बढाउन उपयोगी हुँदैनन् । यस्तोमा भाइरसको संक्रमण हुँदा जोखिमपूर्ण हुने भएकाले नियमित औषधिको सेवन गर्न आवश्यक हुन्छ । श्वास–प्रश्वासका बिरामीले चिकित्सकको परामर्श लिएर घरमै बसेर औषधि प्रयोग गर्न सकिन्छ । अन्य व्यक्तिको तुलनामा संक्रमणको जोखिम उच्च हुने भएको सामाजिक दूरी कायम राख्न अत्यावश्यक छ ।

नियमित सरसफाइमा ध्यान दिने, सकेसम्म छुट्टै कोठामा बस्ने र छुट्टै सामान प्रयोग गर्न सकिन्छ । फ्लुका लक्षण देखिएमा वा स्वास्थ्य अवस्था जटिल हुँदै गएमा चिकित्सकको सम्पर्कमा बस्नुपर्छ । त्यस्तै, सिओपिडीका बिरामीमा औषधिको प्रयोग गर्दागर्दै पनि लक्षण देखिएमा बेवास्ता गर्नु हुँदैन । नयाँ पत्रिका दैनिक

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको

माउण्टेन खबर प्रा.लि.
ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
फोन नम्वर : ९८५१२२७४०६
ईमेल: [email protected]

हाम्रो टिम

सल्लाहकार : राम लामा “अविनाशी”
संञ्चालक : अनिता चापागाँई
सम्पादक :  अच्युत  रेग्मी
सह सम्पादक : अनु आचार्य
सम्वाददाता : आषिश तामाङ
सम्वाददाता : सब्बु आचार्य
बजार व्यवस्थापक : क्रिशमान तामाङ

.ads img { margin-bottom: 15px; }