शनिबार, बैशाख ८, २०८१
Mountain Khabar

Advertisment

SKIP THIS

निको हुँदै कोरोना संक्रमितः आज चार जना डिस्चार्ज हुँदै


  • माउन्टेन खबर
  • आइतवार, बैशाख १४, २०७७
  • 527
    SHARES

काठमाडौं । कोरोना भाइरसको संक्रमण देखिएपछि भरतपुर अस्पतालको आइसोलेसन कक्षमा रहेका दुई जनामध्ये २७ वर्षीय युवा कोरोना भाइरसमुक्त भएका छन् । पर्साको नारायणी अस्पतालमा उपचाररत पाँच जनामध्ये चार जनालाई आइतबार डिस्चार्ज गर्ने तयारी भइरहेको छ ।चितवनस्थित राजधानी सहकर्मी राधेश्याम खतिवडाका अनुसार दुईपटक गरिएको पीसीआर परीक्षणमा कोरोना नेगेटिभ देखिएपछि ती युवकलाई डिस्चार्ज गरिएको हो । भरतपुर अस्पतालका सूचना अधिकारी लीला पौडेलका अनुसार लगातार दुईपटक गरिएको परीक्षणमा आमाछोरामध्ये छोरोको नतिजामा नेगेटिभ देखिएको हो । उनलाई शनिबार दिउँसो औपचारिक रूपमा डिस्चार्ज गरिएको छ ।

राप्ती नगरपालिका–८ निवासी ६५ वर्षीया आमा र २७ वर्षीय छोरामा कोरोना भाइरस देखिएको थियो । उनीहरूलाई ५ वैशाखमा भरतपुर अस्पताल ल्याइएको थियो । उनीसँगै रहेकी आमाको दोस्रो पीसीआर परीक्षणमा भने पोजेटिभ नै देखिएको छ । अस्पतालबाट डिस्चार्ज भएका युवा अस्पतालकै आइसोलेसनमा अलग्गै बसेका छन् । आमा अस्पतालमौ रहनुपर्ने भएकाले उनी आमालाई कुर्ने गरी अस्पतालकै छुट्टै क्वारेन्टाइनमा बसेका छन् । हाल अस्पतालमा रहेका आमाछोरामा कोरोनाको लक्षण नदेखिएको अस्पतालका सूचना अधिकारी पौडेलले जानकारी दिए । उनका अनुसार तीन दिनपछि पुनः आमाको स्वाब परीक्षण गरिनेछ ।

सुरुमा आमामा (यापिड डायग्नोस्टिक टेस्टमा शंकास्पद देखिएपछि आमा र दुई छोराको पीसीआर परीक्षण गरिएको थियो । भरतपुर कोभिड–१९ प्रयोगशालामा आमा र एक छोराको पोजेटिभ देखिएपछि उनीहरूलाई भरतपुर अस्पतालको आइसोलेसनमा निगरानीमा राखिएको थियो । भरतपुरबाट स्वाबको थप परीक्षणका लागि राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला पठाउँदा त्यहाँ पनि नतिजा पोजेटिभ आएको थियो ।परीक्षणअघि आमा र दुई छोरा अस्पतालमा रहे पनि एक छोरामा नेगेटिभ देखिएपछि उनलाई तत्कालै डिस्चार्ज गरिएको थियो । शरीरबाट भाइरसमुक्त भए पनि केही समयसम्म एन्टिबडी रहने भएकाले नेगेटिभ देखिएपछि पनि कम्तीमा एक साता क्वारेन्टाइनमा राख्नुपर्ने चिकित्सकको भनाइ छ ।

बेलायतबाट हङकङ हुँदै नेपाल आएका आमाछोरा दुई दिन काठमाडौं बसेर घर आएका थिए । परिवारका सदस्य, उनीहरूसँग निकट भएका एम्बुलेन्स चालकदेखि अन्य व्यक्तिलाई हाल राप्तीको ब्रम्हनगरको क्वारेन्टाइनमा राखिएको छ । र्यापिड डाइग्नोस्टिक टेस्टमा सबैको नेगेटिभ देखिएको भरतपुर अस्पतालका अध्यक्ष डा. भोजराज अधिकारीले जानकारी दिए । वीरगन्जस्थित राजधानी सहकर्मी तुलसी भण्डारीका अनुसार वीरगन्जमा फेला परेका कोरोना संक्रमित तीन भारतीय मुस्लिम जमाती र रौतहटका एक युवक निको भइसकेका छन् । उनीहरूको तीनपटकको स्वास्थ्य परीक्षण पनि नेगेटिभ आइसकेको छ । चारैजना कोरोना संक्रमितको रिपोर्ट तेस्रो पटकसम्म पनि नेगेटिभ आएपछि आइतबार डिस्चार्ज गर्ने तयारी भइरहेको वीरगन्जको नारायणी अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. मदनकुमार उपाध्यायले बताए । उनीहरूलाई आइतबार डिस्चार्ज गर्ने तयारी रहेको उनको भनाइ छ ।

गत ३० चैतमा पर्साको वीरगन्जमा तीन जना मुस्लिम जमातीमा कोरोना संक्रमण पुष्टि भएको थियो । उनीहरू र १ वैशाखमा रौतहटमा फेला परेका संक्रमित एक युवकको वीरगन्जको नारायणी अस्पतालको आइसोलेसन वार्डमा उपचार भइरहेको थियो । उनीहरू चारै जनाको स्वास्थ्य सामान्य रहेको र नतिजा पनि नेगेटिभ आएकाले आइतबार डिस्चार्ज गर्ने तयारी भइरहेको कोभिड–१९ कमान्ड पोस्ट पर्साका सदस्य सचिव तथा सहायक प्रमुख जिल्ला अधिकारी ललितकुमार बस्नेतले बताए । रौतहटका युवकलाई त्यहाँ आइसोलेसन वार्डसहितको व्यवस्था नभएपछि २ वैशाखमा वीरगन्जको नारायणी अस्पतालमा ल्याइएको थियो ।

चार जना डिस्चार्ज भएपछि अब वीरगन्जको नारायणी अस्पतालमा सर्लाहीबाट ल्याइएका १४ वर्षीय किशोर मात्र बाँकी रहने अस्पतालले जनाएको छ । वीरगन्जबाट हालसम्म स्वाब परीक्षण गर्न पठाइएका ४ सय १५ जनामध्ये १ सय ८० जनाको भने परीक्षण रिपोर्ट आउन बाँकी रहेको नारायणी अस्पतालका मेसु डा। उपाध्यायले बताए । राजधानी दैनिक

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको
  • माउण्टेन खबर प्रा.लि.
    ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
    दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
    फोन नम्वर : ९८५१२२७४०६
    ईमेल: [email protected]

    हाम्रो टिम

    सल्लाहकार : राम लामा “अविनाशी”
    संञ्चालक : अनिता चापागाँई
    सम्पादक :  अच्युत  रेग्मी
    सह सम्पादक : अनु आचार्य
    सम्वाददाता : आषिश तामाङ
    सम्वाददाता : सब्बु आचार्य
    बजार व्यवस्थापक : क्रिशमान तामाङ

    .ads img { margin-bottom: 15px; }