शनिबार, साउन १६, २०८३
Mountain Khabar

Advertisment

SKIP THIS

सर्वेन्द्र , महेश र किसानविरुद्ध अपहरणको मुद्दा दर्ता गर्न प्रहरी कार्यालय पुगे नेताहरु


  • माउन्टेन खबर
  • आइतवार, बैशाख १४, २०७७
  • 560
    SHARES

काठमाडौं , पूर्वप्रहरी महानिरीक्षक सवेन्द्र खनाल र सत्तारुढ नेपाल कम्युनिस्ट पार्टीका सांसदद्वय महेश बस्नेत र किसान श्रेष्ठ  विरुद्ध अपहरण तथा शरीर बन्धकको मुद्दा दर्ता हुने भएको छ । यसका लागि जनता समाजवादी पार्टीका नेताहरु महानगरीय प्रहरी परिसर, काठमाडौं पुगेका छन् ।

सांसद एवं पूर्व स्वास्थ्यमन्त्री सुरेन्द्र यादवसँगै जसपाका शीर्ष नेताहरु पूर्वप्रधानमन्त्री डा।बाबुराम भट्टराई, उपेन्द्र यादव, राजेन्द्र महतो लगायत टेकु पुगेका हुन् ।

जसपाका नेताहरुले एसपी सोमेन्द्र राठोरसाग कुराकानी गरिरहेका छन् । परिसर प्रमुख एसएसपी श्यामलाल ज्ञवाली कार्यालयमा नभएकोले उनीहरुले राठोरसँग छलफल गरिरहेका छन् । तर यो समाचार तयार पार्दासम्म पनि जाहेरी भने दर्ता भएको छैन ।

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको

माउण्टेन खबर प्रा.लि.
ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
फोन नम्वर : ९८५१०४०१०१
ईमेल: [email protected]

हाम्रो टिम

प्रधान सम्पादक: प्रदीप चापागाँई

सल्लाहकार : राम लामा अविनाषि

संञ्चालक : अनिता चापागाँई (आचार्य)