मङ्लबार, साउन १२, २०८३
Mountain Khabar

Advertisment

SKIP THIS

कल्यानकारी कोषबाट ट्रेकिङ मजदुरलाई घर पठाउन टानको माग


  • माउन्टेन खबर
  • सोमवार, बैशाख १५, २०७७
  • 841
    SHARES

काठमाडौं । कोरोना भाइरसको संक्रमणसँगै गरिएको लक डाउनले ट्रेकिङ क्षेत्रका मजदुरहरु काठमाडौमा रोकिएको भन्दै उनीहरुलाई घर पठाउन माग गरिएको छ । लकडाउनको अवधि थप भइरहेको तथा खुलिहालेपनि पर्यटकीय गतिविधि बढ्न केहि समय लाग्ने देखिएपछि ती मजदुरहरुलाई घर पठाउने व्यवस्था गर्न तयारी ट्रेकिङ एजेन्सी्ज एशोसिएसन अफ नेपाल(टान)ले माग गरेको हो ।

घर जाने मजदुरका लागि आ आफ्नो गन्तव्यमा पुर्याउने र काठमाडौंमै बस्न चाहनेहरुका लागि राहतको व्यवस्थापन गर्नु पर्ने टानको माग छ । त्यसका लागि पर्यटन बोर्डमा रहेको टिम्स कार्डको रकम मार्फत मजदुर कल्याणकारी कोषमा जम्मा भएको १० प्रतिशत रकमबाट मजदुरलाई घरमा पठाउने र उनिहरुलाई आवश्यक राहत दिन सकिने बताइएको छ ।

टानका अध्यक्ष खुमबहादुर सुवेदीले मजदुरलाई समस्या परेको बेला सहयोग गर्न बनाइएको कोषको रकम खर्चेर राहतको व्यवस्थापन गरिदिन आग्रह गरे । उनले यस विषयमा नेपाल पर्यटन बोर्ड र सस्कृती, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयको ध्यानाकर्षण समेत गराएका छन् ।
अहिले काठमाडौंमा करिब १ हजार ५ सय भन्दा बढी मजदुरहरु रहेका छन् । तीनिहरु मध्ये अधिकाशं मजदुरहरु घर जान चाहेका कारण उनिहरुलाई आवश्यक सहयोग गरिदिन आग्रह गरेका हुन् ।

प्रतिक्रिया
सम्बन्धित समाचार
धेरै पढिएको

माउण्टेन खबर प्रा.लि.
ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
फोन नम्वर : ९८५१०४०१०१
ईमेल: [email protected]

हाम्रो टिम

प्रधान सम्पादक: प्रदीप चापागाँई

सल्लाहकार : राम लामा अविनाषि

संञ्चालक : अनिता चापागाँई (आचार्य)