शनिबार, साउन १६, २०८३
Mountain Khabar

Advertisment

SKIP THIS

आगामी बजेट मार्फत १ लाख फुस तथा खरको छाना विस्थापन गरिने


  • माउन्टेन खबर
  • मङ्लबार, बैशाख १६, २०७७
  • 1.0K
    SHARES

शहरी विकास राज्यमन्त्री रामवीर मानन्धरले आगामी वर्षको बजेट मार्फत १ लाख फुस् र खरका छाना विस्थापित गरिने बताउनुभयो ।

आगामी वर्षको बजेट मार्फत कम्तिमा पनि १ लाख फुस तथा खरको छाना विस्थापन गर्ने योजनाका साथ मन्त्रलयले बजेट प्रस्ताव पेश गरेको उहाँले बताउनुभयो । मन्त्रालयमा मंगलबार सांसदहरुसँगको छलफलपछि मानन्धरले सुरक्षित आवास कार्यक्रमलाई प्रथामिकतामा राखेर एक लाख परिवारलाई खरको छानाबाट विस्थापन गराई जस्ताको छानोमुनी बसाल्ने सरकारको योजना रहेको जानकारी दिनुभयो ।

राज्यमन्त्री मानन्धरले काठमाडौं उपत्यकामा नयाँ शहरको परिकल्पना गरिएको पनि बताउनुभयो । प्रस्तावित टोखा—छहरे सुरुङ मार्गदेखि निर्माणाधिन नौविसे सुरुङ मार्गसम्ममा वैकल्पिक चक्रपथ सहितको नयाँ सहर निर्माणलाई प्राथमिकतामा राखिएको जानकारी उहाँले दिनुभयो ।

करिब ६५ किलोमिटरको उपत्यकालाई बाहिरी जिल्लाबाट घेर्ने वैकल्पिक चक्रपथ अन्तरगत छहरे, थानसिंह, ढिकुरे, देवीघाट, महादेवफाँट, गल्छि, नौविसे लगायतका स्थानमा नयाँ सहर निर्माण गरिने छ । यस्तै गल्छिदेखि नुवाकोटको चाउथेहुँदै बन्चरेडाँडा—तिनपिप्ले नयाँ सहर निर्माण पनि थाल्ने तयारी मन्त्रालयले गरेको छ । मन्त्री मानन्धरले कोभिड—१९ का कारण बजेट ब्यवस्थापनमा केही सिमितता रहेपनि १६५ वटै निर्वाचन क्षेत्रमा सहरी विकास मन्त्रालय मार्फत कम्तिमा एक नयाँ कार्यक्रमका लागि बजेट व्यवस्थापन गर्ने बताउनुभयो ।

 

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको
  • माउण्टेन खबर प्रा.लि.
    ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
    दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
    फोन नम्वर : ९८५१०४०१०१
    ईमेल: [email protected]

    हाम्रो टिम

    प्रधान सम्पादक: प्रदीप चापागाँई

    सल्लाहकार : राम लामा अविनाषि

    संञ्चालक : अनिता चापागाँई (आचार्य)