शुक्रबार, बैशाख २८, २०८१

लकडाउन पछि बन्द भएका उद्योगलाई केन्द्रीय बैंकको राहत, २ प्रतिशत बिन्दुले ब्याज घटाउन बैंकलाई निर्देशन


  • माउन्टेन खबर
  • बुधबार, बैशाख १७, २०७७
  • 580
    SHARES

काठमाडौं । नेपाल राष्ट्र बैंकले कोभिड १९ कारण बन्द रहेका उद्योगलाई २ प्रतिशत विन्दुले ब्याजदर घटाउन निर्देशन दिएको छ ।

केन्द्रीय बैंकको बैंक तथा वित्तीय संस्था नियमन विभागले जारी गरेको निर्देशनमा पर्यटन, उत्पादनमुलक उद्योग (जुन हाल बन्द रहेका छन्) लाई दुई प्रतिशत बिन्दुले ब्याज घटाउन निर्देशन ल्याएको हो ।

राष्ट्र बैंकको यो निर्देशनले पर्यटन उद्योग, होटल व्यवसाय, अटोमोटिभ क्षेत्र, सिमेन्ट, स्टिललगायतका बन्द उद्योगलाई ठूलो राहत पुगेको छ ।

खासगरी ऋणात्मक हुने क्षेत्रलाई राहत दिन केन्द्रीय बैंकले यस्तो निर्देशन ल्याएको छ । पर्यटन, उत्पादन मुलक उद्योग, अटोमोटिभलगायतका क्षेत्र कोभिड १९ का कारण ऋणात्मक हुने सम्भावना छ । त्यो क्षेत्रलाई तत्काल राहत दिनुपर्ने भएकाले २ प्रतिशत बिन्दूले ब्याज घटाइएको केन्द्रीय बैंकले जनाएको छ ।

राष्ट्र बैंकले जारी गरेको सकुर्लर अनुसार खाद्य उद्योग, ट्रेडिङ, एलपी ग्यास, इन्टरनेट, टेलिभिजन, टेलिकम्युनिकेशन, साबुन तथा केमिकल उद्योग, मेडिलक पसल, सञ्चालनमा रहेका हाइड्रोपावर कम्पनी, सुर्तीजन्य पदार्थ र मदिरा उद्योगले लिएको ऋणमा बाहेक अन्य क्षेत्रका लागि दिइएको ऋणमा बैंकहरुले २ प्रतिशतका बिन्दुका दरले ब्याजदर घटाउनु पर्नेछ ।

चालु पुँजी कर्जा ऋण लिने व्यवसायीले लकडाउन सकिएको ६० दिनभित्र तिर्नुपर्नेछ । सकुर्लर अनुसार कुनै उद्योगीले चालु पुँजी कर्जामा थप १० प्रतिशत कर्जा लिन सक्ने गरी सीमा बढाइएको छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार
धेरै पढिएको

माउण्टेन खबर प्रा.लि.
ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
फोन नम्वर : ९८५१२२७४०६
ईमेल: [email protected]

हाम्रो टिम

सल्लाहकार : राम लामा “अविनाशी”
संञ्चालक : अनिता चापागाँई
सम्पादक :  अच्युत  रेग्मी
सह सम्पादक : अनु आचार्य
सम्वाददाता : आषिश तामाङ
सम्वाददाता : सब्बु आचार्य
बजार व्यवस्थापक : क्रिशमान तामाङ

.ads img { margin-bottom: 15px; }