बुधबार, अशोज १२, २०७९

एक्सेलट्रिपले गर्यो आन्तरिक पर्यटनको चर्चा


  • माउन्टेन खबर
  • बुधबार, बैशाख १७, २०७७
  • 323
    SHARES

काठमाडौं । कोरोनाले थलिएको नेपाली पर्यटन व्यवसायलाई जिवित राख्नको लागि आन्तरिक पर्यटन एकमात्र विकल्प भएको महसुस गर्दै एक्सेलट्रिप नेपालले  आन्तरिक पर्यटन र  जीवित रहने रणनीति बारे  वेभीनार( अनलाईन सेमिनार) आयोजना गरेको छ ।

एक्सेलट्रिप संसारकै तीब्र रफ्तारमा फैलदो एक अनलाइन ट्राभल प्लाटफर्म हो । उक्त वेभीनारमा वरिष्ठ पर्यटन व्यबसायी कर्ण शाक्य, नेपाल ट्रेकिङ्ग एजेन्सीज एशोसिएसलन अफ नेपाल(टान)का अध्यक्ष खुम सुबेदी, नेपाल पर्यटन बोडका पुर्व कार्यकारी प्रमुख दिपक राज जोशी, होटेल संघ नेपालका प्रथम उपाध्यक्ष विनायक शाह भाग लिएका थिए ।

बिदेशी पर्यकहरु नआएको बेला कसरी नेपालको पर्यटनलाई  आन्तरिक पर्यटनले टेवा पुराउन सक्छ भन्ने विषयमा केन्द्रित भएर यो छलफल अगाडि बडेको थियो ।

सेमिनारमा कर्ण शाक्यले सरकारले ‘नेपाल भ्रमण बर्ष’ को लागी छुट्याएको रकम अब आन्तरिक पर्यटनमा लगानी गर्नुपर्ने र नेपाल पर्यटन बोडले धार्मिक, साँस्कृतिक,प्राकृतिक र ऐतिहासिक गन्तब्य स्थलहरूको नेपाली भाषामा भिडियो बनाउनु पर्ने बताए ।

पर्यटन मंत्रालयले अलगै अनुसन्धान ईकाइ खोलेर नेपालको कुनाकाप्चामा छरेर बसीरहेका अनगिन्ती सांस्कृतिक प्राकृतिक सम्पदा र खानाका परिकारहरूको कार्यसुचि तयार पार्न सुझाव दिएका छन ।

होटल संघका प्रथम उपाध्यक्ष विनायक शाहले नेपालीलाई सुहाउदो प्याकेज होटलहरुले ल्याउन लागेको जानकारी दिए । सरकारको सहयोग रहे नेपालीले आगामी दिनमा देश भरि सर्वसुलभरुपमा बस्ने अवसर पाउने छन्, उनले भने।

टानका अध्यक्ष खुमबहादुर सुवेदीले नेपालीहरु कमै जाने ट्रेकिङ्गमा आकर्षण गर्न नेपालीलाई लक्ष्यित गरि प्याकेज ल्याउने योजना रहेको  बताए।  नेपालका पार्वतिय पर्यटक क्षेत्रहरु नेपाली पर्यटकहरुको स्वागत गर्न तयार रहेको उनको भनाई  छ।

पर्यटन बोर्डका पूर्व कार्यकारी अधिकृती दिपकराज जोशीले सन २०१६ ले आन्तरिक पर्यटकहरु बढेको जिकिर गर्दै त्यसलाई अझै व्यवस्थित गर्नु पर्ने बताए। नेपली पर्यटकलाई सुहाउदो सेवाको आवश्कता भएकोले सरकार र व्यवसायीहरुले यस विषयमा विशेष ध्यान दिनु पर्ने बताए

एक्सेलट्रिपका राष्ट्र निर्देशक आदित्य बरालले सबै क्षेत्रहरु एकजुट भई यो संकटको घडीमा पर्यटन व्यवसायलाई आन्तरिक पर्यटन मार्फत जीवित राख्नु पर्ने धारणा राखे।

प्रतिक्रिया
सम्बन्धित समाचार
धेरै पढिएको

माउण्टेन खबर प्रा.लि.
ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
फोन नम्वर : ९८५१२२७४०६
ईमेल: [email protected]

हाम्रो टिम

सल्लाहकार : राम लामा “अविनाशी”

संञ्चालक : अनिता चापागाँई
सम्पादकअच्युत  रेग्मी
सम्वाददाता : अनिसा निरौला
सम्वाददाता : आषिश तामाङ

सम्वाददाता : सब्बु आचार्य
बजार व्यवस्थापक : क्रिशमान तामाङ