शुक्रबार, बैशाख १४, २०८१
Mountain Khabar

Advertisment

SKIP THIS

श्रमिक कर्मचारीलाई लकडाउन अबधिको पुरै तलब दिन उधोगी व्यबसायीलाई सरकारको आग्रह


  • माउन्टेन खबर
  • शुक्रबार, बैशाख १९, २०७७
  • 524
    SHARES

काठमाडौं । उद्योगीले आफ्ना कर्मचारीलाई सतप्रतिशत तलब सुविधा दिनुपर्ने भएको छ । नेपाल उद्योग परिसंघका पदाधिकारीलाई भेट गर्दैै अर्थमन्त्री डा. युवराज खतिवडाले आफ्ना कामदारलाई लकडाउन अवधिमा ५० प्रतिशत र लकडाउन खुलेपछि ५० प्रतिशत तलब दिने गरी सरकारले निर्णय गर्न लागेको बताएका छन् ।

रोजगारदाता परिषद्ले लकडाउन अवधिको अधिकतम ५० तलब दिने निर्णय गरेर सरकारलाई बुझाएको थियो । तर, त्यसलाई सरकारले उल्ट्याउँदै पूरै तलब दिनुपर्ने गरी निर्णय गर्न लागेको अर्थमन्त्री डा. खतिवडाले उद्योगीलाई बताएका थिए ।

अहिले आधा दिनुस्, लकडाउन खुलेपछि आधा दिनुस्,’ परिसंघका पदाधिकारीलाई भेट्दै उनले भने, ‘दुई चरण गरेर भए पनि पूरै तलब दिने गरी सरकारले निर्णय गर्दै छ ।’

विगत एक महिना देखि उद्योग धन्दा पूर्ण रुपमा बन्द भएकाले उद्योगीले कामदारलाई ५० प्रतिशत मात्रै तलब दिने परिषद्ले निर्णय गरेको थियो । तर, त्यसलाई सरकारले अस्वीकार गरेको छ ।

कोरोना भाइरसको संक्रमण रोक्न सरकारले मुलुक लकडाउन गरेको छ । सरकारले लकडाउन गरेसँगै सम्पूर्ण उद्योग बन्द छन् । महामारी विरुद्ध सरकार, निजी क्षेत्र र मजदूर मिलेर लड्नुपर्ने बताउँदै आएका थिए । सोही अनुसार उद्योगीले आफ्ना मजदूरलाई ५० प्रतिशत तलब दिने निर्णय गरेका थिए । २५ प्रतिशत योगदान राज्य र २५ प्रतिशत योगदान स्वयम् कामदारले ब्यहोर्नुपर्ने उद्योगीको माग थियो । तर, त्यसलाई अर्थमन्त्री खतिवडाले सुन्न चाहेनन् ।

अर्थमन्त्री खतिवडाले ५० प्रतिशत अहिले र ५० प्रतिशत लक डाउन खुलेपछि तलब दिन भने पछि परिसंघ सतप्रतिशत तलब दिन नसकिने बताएको थियो ।

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको

माउण्टेन खबर प्रा.लि.
ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
फोन नम्वर : ९८५१२२७४०६
ईमेल: [email protected]

हाम्रो टिम

सल्लाहकार : राम लामा “अविनाशी”
संञ्चालक : अनिता चापागाँई
सम्पादक :  अच्युत  रेग्मी
सह सम्पादक : अनु आचार्य
सम्वाददाता : आषिश तामाङ
सम्वाददाता : सब्बु आचार्य
बजार व्यवस्थापक : क्रिशमान तामाङ

.ads img { margin-bottom: 15px; }