शनिबार, बैशाख ८, २०८१
Mountain Khabar

Advertisment

SKIP THIS

अनलाइन अध्ययनका लागि विद्यार्थीहरुलाई निःशुल्क इन्टरनेट उपलब्ध गराउन नेपाल विद्यार्थी संघको माग


  • माउन्टेन खबर
  • आइतवार, बैशाख २१, २०७७
  • 591
    SHARES

नेपाल विद्यार्थी संघ (नेविसंघ)ले अनलाइन अध्ययनका लागि विद्यार्थीहरुलाई निःशुल्क इन्टरनेट उपलब्ध गराउन नेपाल टेलिकमसँग माग गरेको छ ।

लकडाउनमा विद्यार्थीहरुको पठनपाठन बन्द भएको र विश्वविद्यालय एवं विद्यालयहरुले अनलाइन कक्षा सुरु गरेको अवस्थामा विद्यार्थीलाई सामाजिक उत्तरदायिन्व अन्र्तगतको बजेटबाट निःशुल्क इन्टरनेट उपलब्ध गराउन नेविसंघले माग गरेको हो । नेविसंघले आइतबार टेलिकमका प्रबन्ध निर्देशक डिल्लीराम अधिकारीलाई ज्ञापनपत्र बुझाउँदै विद्यालय तथा क्यमम्पसहरुसँग विवरण लिएर निःशुल्क इन्टरनेट उपलब्ध गराउन माग गरेको हो ।

नेविसंघका महामन्त्री दीपक भट्टराईले विश्व स्वास्थ्य संगठनले कोरोनाको असर दुई वर्षसम्म पर्ने बताइसकेको र यसले नेपालको शिक्षामा पनि असर पार्ने भएकाले अनलाइन कक्षाको व्यवस्था गर्न विद्यार्थीलाई निःशुल्क इन्टरनेट उपलब्ध गराउनुपर्ने बताउनुभयो ।

नेपाल टेलिकमका प्रबन्ध निर्देशक डिल्लीराम अधिकारीले निःशुल्क इन्टरनेट उपलब्ध गराउँदा टेलिकमको नेटवर्कमा असर पार्ने भएकाले न्यूनतम शुल्कमा उपलब्ध गराउने व्यवस्था गरिएको बताउनुभयो । उहाँले नेटवर्क युटिलाइजेसनमा ब्यालेनस पनि हुने र अनावश्यक दवाव पनि नपर्नेगरी विहान ५ बजे देखि १० बजे सम्मका लागि सस्तोदरमा इन्टरनेट उपलब्ध गराइएको बताउनुभयो ।

सामुदायिक विद्यालय तथा सरकारी क्याम्पसमा अध्ययन गर्ने विद्यार्थीहरुका लागि शिक्षा मन्त्रालय एवं सञ्चार मन्त्रालयसँगको समन्वयनमा अझै केही सहुलियत दिने ठाउँ रहेको प्रबन्ध निर्देशक अधिकारीले बताउनुभयो ।

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको
  • माउण्टेन खबर प्रा.लि.
    ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
    दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
    फोन नम्वर : ९८५१२२७४०६
    ईमेल: [email protected]

    हाम्रो टिम

    सल्लाहकार : राम लामा “अविनाशी”
    संञ्चालक : अनिता चापागाँई
    सम्पादक :  अच्युत  रेग्मी
    सह सम्पादक : अनु आचार्य
    सम्वाददाता : आषिश तामाङ
    सम्वाददाता : सब्बु आचार्य
    बजार व्यवस्थापक : क्रिशमान तामाङ

    .ads img { margin-bottom: 15px; }