काठमाडौं । बैशाख १ देखी ६ महिनासम्म तारे होटलहरु बन्द गर्ने होटल व्यवसायीहरुको निर्णय मजदुरहरुले अस्विकार गरेका छन् । तारे होटलका सञ्चालकहरु र होटल एशोसिएसन अफ नेपाल(हान)का पदाधिकारीहरुको आइतबार बसेको बैंठकले बैशाख ६ महिनासम्म तारे होटलहरु बन्द गर्ने र मजदुरहरुलाई १२.५ प्रतिशत मात्र तलब दिने निर्णय गरेको थियो ।
सञ्चालकहरुले गरेको निर्णय २४ घण्टा वित्न नपाउदै विभिन्न मजदुर सघसंगठनले सयुक्त रुपमा विज्ञप्ती जारी गरि विरोध जनाएका छन् । सञ्चालकहरुले निर्णय फिर्ता नलिए आन्दोलनमा उत्रने समेत उनीहरुले चेतावनी दिएका छन् ।
पर्यटन क्षेत्रमा देखिएको समस्यालाई समधान गर्न विभिन्न चरणमा छलफल भइरहेको बेला तारे होटल सञ्चालक र हानले एकलौटी रुपमा मजदुरहरुलाई पेलेर जान खोजेको विज्ञप्तीमा उल्लेख छ । हानले मजदुरहरु सँग भएको वार्तालाई भंग गरि एकतर्फि रुपमा श्रमिकको पारिश्रमिक , सेवासुविधाको बिषयमा श्रम ऐन २०७४ को दफा १४५ प्रयोग गरि निस्कासनको धम्कि दिनु गम्भिर रहेको बताइएको छ ।
राज्यले श्रमिकको सेवासुविधाको बारेमा सम्बोधन गरेको राजपत्रलाई समेत चुनौती दिई हानले गरेको अमानविय कार्यका विरुद्ध एक जुट भएर आन्दोलनमा उत्रने मजदुरहरुले चेतावनी दिएका छन् ।
तारे होटल सञ्चालक र हानको निर्णय विरुद्ध अखिल नेपाल होटल क्यासिनो तथा रेष्टुराँ मजदुर संघ,नेपाल स्वतन्त होटल क्यासिनो तथा मजदुर रेष्टुरेन्ट युनियन र नेािल पर्यटन तथा होटल सम्बद्ध श्रमिक संघले सयुक्त रुपमा विज्ञप्ती जारी गरेका हुन् ।
