बतास फाउन्डेसनले रसुवाको नौकुण्ड गाउँपालिकाका स्थायी बासिन्दालाइ काठमाडौंमा राहत बितरण गरेको छ । गाउँपालिकामा स्थायी घर भएका र काठमाडौंमा ज्यालामजदुरी तथा अस्थायी बसोबास गरिरहेका ५० परिवारलाई राहत बितरण गरिएको फाउन्डेसनका समन्वय अधिकृत आशिष तामाङ्गले जानकारी दिए ।
उनका अनुसार नौकुण्ड गाउँपालिकाको समन्वयमा बतास फाउन्डेसन नेपालले सरकारी मापदण्ड अनुसारको खाद्य सामाग्री बितरण गरेको हो ।
लामो लकडाउनका कारण काठमाडौंमा ज्याला मजदुरी गरेर खाने लाखौं मानिस समस्यामा छन् ।
