शुक्रबार, बैशाख १४, २०८१
Mountain Khabar

Advertisment

SKIP THIS

नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवा व्दारा प्रधानमन्त्रीको घ्यानाकर्षण


  • माउन्टेन खबर
  • बिहिबार, बैशाख २५, २०७७
  • 324
    SHARES

काठमाण्डौ।

नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले आज प्रधानमन्त्री केपी शर्मा ओलीलाई टेलिफोन गरेर कोरोनाको रोकथाम, उपचार र कोरोनाका कारण अप्ठ्यारोमा परेका नेपालीको उद्धार गर्नेबारेमा ध्यानाकर्षण गराउनुभएको छ ।

उहाँले नेपालगञ्जमा कोरोनाको परीक्षण व्यापकरुपले गरेर स्थिति थप जटिल बन्न नदिन र सन्त्रासमा रहेका नगरवासीलाई आश्वस्त राख्नका लागि तत्काल कार्य गर्न गराउन आग्रह गर्नुभएको काँग्रेसले जनाएको छ ।

साथै देशभर पिसिआर प्रविधिद्वारा परीक्षण द्रुत गतिमा विस्तार गर्न सभापति देउवाले माग गर्नुभएको छ । उहाँले कुवेत सरकारको सेल्टरमा राखिएका करिब तीन हजार एवं मध्यपूर्व र विश्वभर अप्ठ्यारोमा रहेका नेपालीलाई क्रमशः उद्धार गर्ने बारे सरकारलाई व्यवस्थित योजना बनाएर कार्यान्वयन गर्न आग्रह गर्नुभएको काँग्रेसका मुख्य सचिव कृष्णप्रसाद पौडेलले जानकारी दिनुभयो ।

यसैगरी सभापति देउवाले प्रधानमन्त्री ओलीलाई सीमानाकामा क्वारेन्टाइनमा बसेको महिना दिन पुगिसक्दा पनि अझै कयौँले देश आउन नपाएको स्मरण गराउँदै तिनलाई आउन दिन एवं भारतको विभिन्न राज्यमा अलपत्र परेका नेपालीलाई उद्धार गर्ने व्यवस्था मिलाउनसमेत आग्रह गर्नुभएको छ ।

उहाँले प्रधानमन्त्रीलाई अप्ठ्यारोमा परेका नेपालीको उद्धार गर्नु सरकारको कर्तव्य रहेको स्मरण गराउँदै केन्द्र सरकारले उद्धार गर्ने एवं प्रदेश र स्थानीय सरकारको समन्वयमा मापदण्डयुक्त क्वारेन्टाइनमा राख्ने व्यवस्था गरेर मात्रै घर जान दिने गरी व्यवस्थित र कडाइका साथ कार्य गर्न र गराउन आग्रह तथा माग गर्नुभएको थियो ।-

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको

माउण्टेन खबर प्रा.लि.
ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
फोन नम्वर : ९८५१२२७४०६
ईमेल: [email protected]

हाम्रो टिम

सल्लाहकार : राम लामा “अविनाशी”
संञ्चालक : अनिता चापागाँई
सम्पादक :  अच्युत  रेग्मी
सह सम्पादक : अनु आचार्य
सम्वाददाता : आषिश तामाङ
सम्वाददाता : सब्बु आचार्य
बजार व्यवस्थापक : क्रिशमान तामाङ

.ads img { margin-bottom: 15px; }